म्याग्दीका बालविकासमा कार्यरत राहत शिक्षिकाहरु संगठित भएका छन् । बिहिबार बेनी सामुदायिक माविमा आयोजित भेलाामा बालबालिकालाई अक्षर चिनाउने, विद्यालयमा स्वागत गर्ने, स्याहार्दै, खेलाउँदै आएका बालविकासका शिक्षिकाको मागलाई स्थापित गर्ने गरी भेलाले विष्णु रोकाको संयोजकत्वमा सचिव सोनि पाईजा पुन र कोषाध्यक्ष सृजना श्रेष्ठ चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा विर्सना केसी, रजनी शाही, अमित पुन, बविता बानियाँ थापा, हिरा खड्का कार्की, अमृता पुरी बस्नेत लगायत रहेका छन्। भेलामा राहत शिक्षक समिति म्याग्दीका अध्यक्ष देवराज शर्माले बालबालिकालाई अक्षर चिनाउँदै आएका बालविकास केन्द्रका शिक्षिकालाई राज्यले बेवास्ता गरेको गुनासो गरे । उनले राहत शिक्षकको आन्दोलनलाई यो समितिबाट समेत थप बल पुगेको बताए ।

सोही अवसरमा संयोजक साना–साना बालबालिकालाई अक्षर चिनाउने र सक्षम नागरिक बनाउनेहरुलाई उचित सम्मान तथा पेशागत सक्रियतालाई मध्यनजर गरी संगठित भएको संयोजक रोकाले बताउनुभयो । यसैबीच भेलाले आगामी चैत्र ७ गते जिल्लास्तरीय भेलाको आयोजना गरी कार्यसमिति सहित भावी योजना तय गर्ने बताइएको छ । बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्तालाई भेलामा उपस्थितीको अपिल समेत गरिएको छ ।

Leave a Reply