धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनालाई लक्षित गरी ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण शङ्का लागेका बिरामीलाई अन्य बिरामीभन्दा छुट्टै राखेर उपचार गराउन यस्तो वार्ड बनाइएको हो । अस्पतालले छुट्टै कक्षा स्थापना गरेर आवश्यक सावधानी अपनाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेले जानकारी दिनुभयो ।

एक ओटा वेड राखिएको आइसोलेसन वार्डमा शंकास्पद विरामीहरुलाई उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । कोरोनाको शंका लागेमा आइसुलेसन कक्षमा राखेर नमूना परिक्षणका लागि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइने डा. पोखरेलले बताउनुभयो ।

सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु पनि कोरोनाको लक्षण भएको भन्दै परिक्षणका लागि आउने क्रम बढेको बढेपनि धौलागिरी अस्पतालमा हालसम्म संक्रमणका विरामी देखा परेका छैनन् ।

Leave a Reply