म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका नेशन पुन मगर नेपाल आइडल सिजन-३ मा टप ६ मा सुरक्षित भएका छन्। पोखराको लोकप्रिय ब्याण्ड ‘कन्दरा’ को “तिमी पारी त्यो गाउँमा“ गीतमा दमदार प्रस्तुती गरेका थिए । करिब २५ बर्ष अगाडि रेकर्ड गरेको कन्दरा ब्याण्डको गितमा नेशनको प्रस्तुतीले निर्णायक तथा अतिथिको समेत समर्थन पाएका थिए ।

प्रतियोगिताको सुरुवात देखिनै एकपछि अर्को बेजोड प्रस्तुतीले लोकप्रिय बन्दै गएका पुन मगरले हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर सांगितिक प्रस्तुतीसँगै पप गितहरुमार्फत दर्शकको मन जित्न सफल भएको छ।

नेशन पुन जिताउ अभियानका संयोजक नारायण पुनले प्रस्तुतीले समेत भोटिङ अपिललाई सजिलो भएको बताए । उनले स्वदेश तथा विदेशबाट सहयोग सहित भोटिङ भइरहेको बताए । नेपाल आइडलमा सुरुवातदेखिनै जर्जले समेत सेलीब्रेटीको रुपमा चर्चा गरेका छन् ।

अन्नपूर्ण गापा–६ घारको चित्र स्थायी घरभई हाल पोखरा नदीपुरमा समेत बस्दै आइरहेका २० वर्षिय पुनले आफुँ म्याग्दीको भएको होस्टमार्फत जानकारी गराइसकेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेशनको पक्षमा भोट अपिल गर्नेको जमात विस्तारै बाक्लिदै छ । नेशनलाई सोमबार विहान ६ बजेसम्म भोटिङ गर्न सकिन्छ ।

Leave a Reply