कोराना भाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले म्याग्दीमा गर्ने रजतजयन्ती तथा ११औं राष्ट्रिय विस्तारित भेला स्थगित गरेको छ ।

कोरोना भाइरसबाट जोगिन जिल्लामा प्रशासन कार्यालयले सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेपछि संघले यही फागुनको २७ र २८ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा गर्ने तयारीगरेको रजतजयन्ती तथा विस्तारित भेला स्थगित गरेको मगर संघ म्याग्दीका सचिव खम थापाले बेनीअनलाइनलाई बताए ।

‘आवश्यक तयारी तिब्र पारिएपनि तत्काललाई स्थगित गरिएको छ,‘अर्को मिति तय गरिने छ’उनले भने । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष अध्यक्ष विष्णुकुमार थापा मगर र महासचिव प्रेम रोकामगरले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा विश्वब्यापी समस्याको रुपमा देखिएको कोरना भाइरसको अवस्था समान्य भएपछि अर्को मिति तय गर्ने बताइएको छ ।भेलाको अवसरमा बक्तृत्वकला, निबन्धलेखन र सामूहिक नृत्यलगायत प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी भइरहेको थियो । त्यस्तै पूर्वको हुर्रानाच तथा पश्चिमको झ्याउरे नाचसहित लोपोन्मुख कला, संस्कृतिको प्रदर्शनीको तयारी भइरहेको थियो भने उद्घाटनका लागि गृहमन्त्री रामबहादुर थापा ल्याउने योजना बनाइएको थियो । संघले तयारीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएको छ ।

Leave a Reply