पहिलो बिग आइकन गगन पुनको सालैजो भाका ‘घुमाउने डाँडा’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएकोे छ । मौलिक सालैजो गीतलाई गायक पुनले आफ्नै युटुब च्यानलमार्फत सार्बजनिक गरेका छन् । यूवापुस्तालाई पुराना भाकामा सजिएका गीतहरुमार्फत आर्कषित गर्ने गरेका गायक पुनले आफ्नै जन्मगाउँ रघुगंगा गाउँपालिका–४, दग्नाम आसपासका पर्यटकीयस्थल तथा गाउँमा छायाङ्कन गरेको गीतमा म्याग्दीको सदरमुकाम बेनीबजारको पुरानो भाकालाई समेत समेट्ेका छन् । गीतमा गायक पुनलाई लोकप्रिय गायिक गिता पाईजा र निता पुनले साथ दिएकी छन् । गीतको शब्द र संगीयत स्वयम गायक पुनले गरेका छन् ।

‘मौलिकता प्रस्तुत गर्ने प्रयास गरेको छ,‘सल्लाह, सुझाव अनुसार अगाडी बढ्छु’ गायक पुनले भने । नेपाली लोक संस्कृतिलाई जर्गेना गर्दै गाउँघरमा गाईने भाका दर्शक माझ प्रस्तुत गर्न पाउँदा खुसी लागेका पुनको भनाई छ । उनले सालैजो भाकामार्फत यूवापुस्तालाई आर्कषित गर्ने र संरक्षणको प्रयास गरेको बताए । गीतमा एरेन्ज आशिष अबिरल, कलाकार सन् २०१३ मिस मगर उषा पाईजा, शिक्षा गर्बुजा, प्रकाश गर्बुजा रहेका छन् ।

त्यस्तै गीतको निर्देशन देव पुन, नृत्य दिलिप राना मगर, छायाङक्न कमल पुन, देव पुन र सम्पादन सुवास जिसी रहेका छन् । केही महिना अगाडी मेलिना राईसँगको स्वरमा पञ्चेबाजा गित ‘बेनी बजार’ बजारमा ल्याएका थिए । गायक पुनका अधिकांस गीतहरु लोकप्रिय नै छन् । विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा निकै रोजाईका गायक बनिसकेका पुन विभिन्न देशमा समेत सांगीतिक प्रस्तुत देखाइसकका छन् । नेपालमै हुने विभिन्न साँगीतिक कार्यक्रममा पनि गगनले उत्कृष्ट ‘रेटिङ’ पाउने गरेका छन् ।

Leave a Reply