बागलुङको एक प्रतिष्ठित संचारगृहले विश्वव्यापी चुनौति र जोखिमको रुपमा देखिएको कोरोनाका कारण पत्रिकाको वार्षिकोत्सव स्थगित गरी कार्यक्रमको खर्च २१ हजार १ सय ११ रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

धौलागिरीमा पहिलो पटक सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था बागलुङद्धारा प्रकाशित धौलागिरी जागरण दैनिक १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जिल्लाको ढोरपाटनमा गएर मनाउने तय भएको कार्यक्रम स्थगित गरी केन्द्रलाई सहयोग गरेको पत्रिकाका कार्यकारी सम्पादक दिल शिरीषले बेनीअनलाइनलाई बताए ।

‘कोरोना भाईरसले गर्दा बार्षिक कार्यक्रम नगरिकन केन्द्रलाई दान गरेका छौ,‘ पवित्रकार्यमा जोडिन पाउँदा उत्साहित छौ’ शिरीषले भने । उनले धौलागिरीका प्रिय पाठकहरुको अभूतपूर्व माया र साथ सदा रहिरहेको बताउँदै आगामी बर्ष थप उर्जा सहित बार्षिकोत्सव मनाउने बताए ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले केन्द्रले नेपालीको सपना पुरा गर्न धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए । केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको छ ।केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् । केन्द्रका अध्यक्ष पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान दिएका छन् ।

Leave a Reply