म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माविले शुक्रबार आयोजना गरेको विज्ञान रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । जिल्लामा प्लस टू मा एक मात्रै विज्ञान संकायको कक्षा सञ्चालन गरिरहेको प्रकाश माविको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगितामा ४१ अंक बटुल्दै प्रकाश मावि प्रथम, २८ अंक सहित न्यु वेष्ट पोइन्ट आवासीय मावि द्धितिय र २२ अंक सहित गलेश्वर आर्दश मावि तृतिय भएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको १४ वटा विद्यालयबाट सहभागीता रहेको प्रतियोगितामा विजेताले प्रथम, द्धितिय र तृतियले क्रमश ५ हजार, ३ हजार, २ हजार नगद, विजेता शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रकाश माविका शिक्षक नायक गोरखनाथ सुबेदीले बताए ।विजेतालाई प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा, विशिष्ट अतिथि बेनी नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेल, विद्यालयका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । आठौ हाजिरीजावफ प्रतियोगितालाई गतबर्ष देखि स्थानीय तहमा निजी तथा सामुदायिक विद्यालयको सहभागिता हुने गरी सञ्चालन गर्न थालिएको छ । जसअन्तगत गत फागुन २ गते म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका विद्यालयलाई दरबाङमा सम्पन्न भएको प्रतियोगितामा अर्मनको शिशुकल्याण मावि प्रथम, बरंजाको महेन्द्र मावि द्धितिय र दरबाङको जनप्रिय मावि तृतिय भएको थियो भने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्रका विद्यालयलाई भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा नारच्याङको प्रभा मावि प्रथम, नाँगीको हिमाञ्चल मावि द्धितिय र दानाको ज्ञानप्रकाश मावि तृतिय भएको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा विज्ञान विषयमा विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुबेदीले बताए । कार्यक्रमको अध्यक्षता यूरेश सभापति यूप्रसाद कँडेलले गरेका थिए । प्रकाश माविमा सञ्चालित विज्ञान संकायले साविकको धवलागिरी अञ्चलमा सर्वोत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

Leave a Reply