नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्यमा म्याग्दीका कुविरकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठलाई महासंघको ५४ औ बार्षिक साधारण सभामा केन्द्रिय सदस्यको उम्मेदवारीको रुपमा अगाडी सारिएको छ ।

म्याग्दीको उद्योग ब्यवसायको हितमा निरन्तर सक्रिय रहेका श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य संघले विजय बनाउन अभियान सञ्चालन गर्ने महासचिव लिलराम गौतमले बताए ।  ‘केन्द्रिय सदस्यमा म्याग्दीलाई समर्थन गर्ने धेरै छन्,‘महासंघलाई धेरै सहयोग गरियो, यसपटक हामीलाई साथ मिल्ने छ’ उनले भने ।

म्याग्दी उद्योग वाणिज्य संघमा २०५८ सालमा प्रवेश गरेका श्रेष्ठ सदस्य, उपाध्यक्ष हुदै अध्यक्षमा निर्वाचित भएका थिए। श्रेष्ठको कार्यकालमा म्याग्दीमा एक जिल्ला एक उत्पादन अन्तरगत टिम्मुर खेतीको विस्तार गरिएको थियो । उनको कार्यकालमा मतदानबाटै अध्यक्षमा चुनिएका थिए । केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले गण्डकी प्रदेश कार्यसमितिमा रहेर काम गरेको अनुभवलाई केन्द्रिय सदस्यमा समेत काम गर्ने सक्ने बताए।यसैबीच श्रेष्ठले चुनावी अभियानलाई समेत तिब्रता दिने जनाएका छन् ।

Leave a Reply