एकीकृत अखिल नेपाल शिक्षक संगठनले बेनी नगरपालिकामा गठित दरबन्दी मिलान कार्यदल खारेजको माग गदैं ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेललाई ज्ञापन पत्र बुझाउँदै पेशागत सुनिश्चितताका लागि निरन्तर सक्रिय संगठनलाई उपेक्षा गरी गठन गरिएको कार्यदलको काम अपुरो हुने भन्दै तत्काल समावेश गर्न माग गरेको हो।

संगठनका जिल्ला अध्यक्ष होमनाथ पाण्डे, सचिव गोविन्द शर्मा, नगर कार्यसमिति उपाध्यक्ष त्रिविक्रम सुबेदी र सचिव मदन सुबेदीले नगरपालिका भित्र संगठनको बलियो उपस्थितीलाई उपेक्षा गरिए थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताएका थिए ।

सोही अवसरमा जिल्ला तथा स्थानीयतह तर्फ संगठनको उपस्थिीत हुने गरी संवाद समन्वय समिति गठन, शिक्षक नियुक्त प्रक्रियालाई सलर र पारदर्शी बनाउनुपर्ने, विषय विज्ञहरुको सुची स्थानीय तहमा अपडेट हुनुपर्ने, पूर्वाग्रहका आधारमा शिक्षक माथि हुने विभेदको अन्त्य, स्थानीय तहमा बजेट विनियोजन गर्दा शिक्षामा अधिकतमा बजेटको माग लगायत ८ बुँदे माग प्रस्तुत गरिएको संगठनका बेनी नगर समिति सचिव सुबेदीले बतए।

त्यस्तै संगठनले शिक्षा विकास तथा समन्वय समितिका प्रमुख दलबहादुर थापालाई समेत ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउँदै संगठनका जिल्ला अध्यक्ष पाण्डेले विद्यालयका कर्मचारी र बालविकास शिक्षकको तलबभत्ता बृद्धि, दरबन्दी मिलान बैज्ञानिक र ब्यवहारिक लगायतका माग गरिएको बताए ।

उनले संगठनलाई निषेध गरेर गरिने कुनैपनि निर्णय मान्न बाध्य नहुने भन्दै सहमति र सहकार्यको वातावरण बनाउन समेत माग गरेका छन् । संगठनले बालविकास, कर्मचारी तथा शिक्षकलाई पहुँच, राजनीतक पूर्वाग्रहभन्दा ब्यवसायीक सिपको आधारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सक्रिय रहेको बताएको छ ।

Leave a Reply