म्याग्दीमा प्रहरी र जेसीजको सहकार्यमा अपराध न्यूनीकरण तथा सामाजिक अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा शुक्रबार आयोजित कार्यक्रममा ‘समुदाय–प्रहरी साझेदारी’ अभियान अन्तरगत प्रहरीको समुदायमा आधारित कार्यक्रममा म्याग्दी जेसीजले सघाउने प्रतिबद्धता जनाएको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ प्रहरीले जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरी सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमका बारेमा जानकारी गराउँदै प्रहरी नायव उपरिक्षक किरणजग कुँवरले यूवा साझेदारी कार्यक्रममा म्याग्दी जेसीजलाई साथमा लिएर अगाडी बढ्ने बताए । घरदैलोसँगै जनचेतना, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण लगायत विभिन्न विषयमा सहयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रममा म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवालले सचेतनामूलक कार्यक्रमका लागि आवश्यकता अनुसारको सहयोग गर्ने बताए । उनले सुरक्षित समाज निर्माण गर्ने प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताए । यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय जेसीजमा आवद्ध रहेका यूवाहरुलाई प्रहरीका कार्यक्रमहरुमा सहभागी हुने गरी योजना बनाउने बताए। प्रशिक्षणमा म्याग्दी जेसिजका संस्थापक अध्यक्षर रमेश कुमार श्रेष्ठ, पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो।

Leave a Reply