नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा पप गायकको रुपमा चिनिएका नेशन पुनले टप ६ सम्म आइपुग्दा हिमाल, पहाड र तराई जोड्ने गीत, मगर तथा नेवार जातिको गीतमा दमदार प्रस्तुती देखाए।

नेपाल आइडलका पप विधाका मात्रै प्रतिस्पर्धीको रुपमा चर्चा गरिएका पुनले शुक्रबार नेपाली संगीत क्षेत्रमा बालबालिका देखि बुढापाकासम्मले सर्वाधिक रुपमा रुचाइएको चर्चित लोक गायक प्रजापति पराजुलीको ‘के खान्छौ कमला, सुन्तला कि अमला’ गीत गाए ।लोकक्षेत्रका नक्षेत्रका रुपमा रहेका प्रजापतिलको रोइला र भगवनाको नाममा स्तुती निकाल्दै भजनबाट सुरु गरेको गीतले नेशनलाई उत्कृष्ट प्रस्तुतीको रुपमा नगद पुरस्कार समेत जितायो।

 

नेपाल आइडलका होस्ट आसिफ शाहले आफ्नो चेलाको रुपमा सम्बोधन गर्ने गरेका नेशनलाई अर्की होस्ट माम्पी घोषले नेशनको पुख्यौली घर, जन्मघरको बारेमा सोधेको प्रश्नलाई उनले म्याग्दी जिल्लाको खिवाङ र चित्रे घर भएको नेशनले बताए । आफ्नो प्रस्तुतीमार्फत दर्शक र निर्णायकको मन जितेका पुनले शुक्रबार जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटालाई समेत नचाए। उनको भजनमय गीतमा दर्शकको ताली र उत्तिकै उत्सुकता बढेको थियो। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका मगर बिहिबार टप ६ मा सुरक्षित भएका थिए । पोखराको लोकप्रिय ब्याण्ड ‘कन्दरा’ को ‘तिमी पारी त्यो गाउँमा“ गीतमा दमदार प्रस्तुती गरेका थिए । करिब २५ बर्ष अगाडि रेकर्ड गरेको कन्दरा ब्याण्डको गीतले समेत उनले गण्डकी प्रदेशका दर्शकलाई दुईदशक अगाडीको गीतको सम्झना दिलाए । प्रतियोगिताको सुरुवात देखिनै एकपछि अर्को बेजोड प्रस्तुतीले लोकप्रिय बन्दै गएका पुन मगरले हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर गीतलाई स्थान दिएका छन् । नेशन पुन जिताउ अभियानका संयोजक नारायण पुनले प्रस्तुतीले समेत भोटिङ अपिललाई सजिलो भएको बताए ।

‘स्वदेश तथा विदेशबाट सहयोग सहित भोटिङ भइरहेको छ,‘म्याग्देलीलाई आइडल बनाउँ’ पुनले भने । उनले संगीतको बृहत् रियालिटी सो ‘नेपाल आइडल’मा म्याग्देलीलाई जिताउन सबैलाई भोटिङ अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेशनको पक्षमा भोट अपिल गर्नेको जमात विस्तारै बाक्लिदै छ । नेशनलाई सोमबार विहान दिउँसो १२ बजेसम्म भोटिङ गर्न सकिन्छ ।

Leave a Reply