सुमधुर स्वरका धनी गायिका लाली बुढाथोकी र गायक थानेश्वर गौतमको ‘धानको चुली मकैको सुली’ नामक गीत बजारमा आएको छ । ग्रामिण परिवेश सहित नेपाली संस्कृति र प्रेम सम्बन्धमा आधारित गीत विहानी डिजिटल म्यूजिक सेन्टरको यूटुव च्यानलबाट रिलिज भएको छ ।

लोक भाकामा आधारित गितमा गायिका बुढाथोकी र गायक गौतमले फरक शैलीमा बजारमा ल्याएका छन् । भट्ट दोहोरीजस्तै देखिने गीतको लय गायक गौतम, शब्द प्रभा बतौला, संगित संयोजन राजन ईशान, निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतमा चर्चित मोडेल केकी अधिकारी र मोडल पुष्प खड्काले अभियन गरेका छन् ।

नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै बिधामा उतिकै सफल गायक गौतम र लोकसंगीत, आधुनिक शैलीका गीतमा गायिका बुढाथोकीले आफ्नो छुटै स्थान बनाउन सफल भएकी छन् ।

गीतले दर्शक तथा श्रोताका लागि नयाँ कोसेली हुने गायिका बुढाथोकीको भनाई छ । गायक गौतम बागलुङ गलकोटका हुन भने गायिका बुढाथोकी बेनी नगरपालिका वडा नं ३ भकिम्लकी हुन् । यसअगाडी दुवै गायकगायिकाले थुप्रै गीत बजारमा ल्याएका छन् ।

Leave a Reply