गण्डकी प्रदेशकै ठूलो मणिपाल  शिक्षण अस्पतालको कोठा नं ११४ को बेड ५९ मा छिन् बेनी नगरपालिका–५, पुलाचौरकी इश्वरी खत्री । अक्सिजन लगाइएको अवस्थामा बेडमा पल्टिएकी इश्वरीलाई भूइँमा घिस्रिएर श्रीमती नरबहादुरले सघाइरहेका छन्। श्रीमतिलाई निको बनाएर घर फर्किने आशामा नरबहादुरले झन्डै दुई महिना अस्पतालमै विताइसकेका छन्। मुटु, कलेजो, छारे लगायत करिव ९ थरी रोगबाट ग्रसित इश्वरीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकको भनाई छ।

सडकमा मागेर पेट पाल्ने गरेका नरबहादुर–इश्वरीसँग उपचार गर्ने पैसा छैन् ।उपचारमा जुटेको सहयोगबाटै उपचार गर्नुपर्ने बाध्यता रहेको छ । श्रीमतिलाई चेकजाँच गर्न आउने चिकित्सक, स्वास्थ्यकर्मीलाई नरबहादुरले एउटै प्रश्न गर्छन्,‘ कहिले निको हुन्छिन् इश्वरी ?’ उनको प्रश्नको जवाफ चिकित्सकसँग अहिले नै छैन् ।

जटिल रोगबाट ग्रसित इश्वरीलाई दैनिक करिव ७ हजार बराबरको औषधी आवश्यक पर्छ । उनलाई गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेलले सघाइरहेका छन् । पौडेलले जुटेको सहयोग लगेर दिन्छन्, अस्पतालमा समस्या भए ब्यवस्थापनसँग छलफल गर्ने गरेका छन् भने बेनीबाट सञ्चारकर्मी अमित विश्वककर्मा र गायक रबी कार्कीले समेत अभियान चलाएका छन् ।

विदेशबाट विस्तारै सहयोग जुट्न थालेपछि नरबहादुर दैनिक आफ्नो खाता प्रभु बैंकमा रहेको आफ्नो खाता नं (Narbahadur khatri 09510701357899000002) मा जम्मा भएको पैसा निकाल्न सहयोग माग्छन्। ‘घरबाट ल्याएको पैसाले केही दिन पुग्यो,‘मन्दिर, सडकमा जुटाएको पैसाले उपचारमा पुग्दो रहनेछ’ खत्रीले बेनीअनलाइनलाई भने ।

श्रीमतिलाई सडकमा अलपत्र देखेर मान्छेहरुले यातायातको साधनमा हाल्दिएपछि उपचारका लागि आउन सहज भएको बताए । आफन्तबाट सहयोग भइरहेको छ तर, सहयोगले पुग्दैन खत्रीले भने । अस्पताल भर्ना गर्ने बित्तिकै डाक्टरले जटिल समस्या भन्न लागेको समेत धेरै भएकाले श्रीमतिलाई केही भएरमा आफ्नो जिन्दगी नै अलपत्र पर्ने चिन्ताले समेत उनलाई सताइरहेको छ ।

श्रीमति नजिकै समस्या सुनाउँदा आँखा रसाउने भन्दै अल्ली बाहिर आएर गुनासो गर्छन् । ‘श्रीमानी बिना घर कसरी जानु? नरबहादुरले बेनीअनलाइनसँग शनिबार साँझ फोनमा मन चसक्क हुने गरी भने । ह्विलचेयरमा राखेर श्रीमानलाई विभिन्न ठाउँमा सहयोग जुटाउन जाने इश्वरी नै सिकिस्त बिरामी भएपछि नरबहादुरले हातमा भएको फोन घुमाउँदै सहयोगको याचना गर्ने गरेका छन् । ‘हजुर केही गरेर बचाउनुपर्यो दाई,‘उपचार धेरै महंगो छ’ खत्रीले भने । अस्पताल परिसरमा नचिनेका मान्छेले समेत समस्या देखेपछि सहयोग गर्न गरेको बताए ।

जटिल समस्याका कारण उनको उपचारमा हालसम्म ४ लाखभन्दा धेरै खर्च भएको छ । करिब ४ बर्षदेखि बिरामी श्रीमतिको उपचारमा सञ्चारकर्मी अमित विश्वकर्माको सहयोगमा रेकर्ड गरिएको टेपमार्फत सहयोग जुटाउने गरेका खत्रीलाई स्वदेश तथा विदेशबाट सहयोग आउन थालेपछि केही राहत भएपनि अझै सहज भएको छैन् । बेलाबेलामा आर्थिक अभाए भएपछि घर फर्किने गरेका खत्रीले श्रीमतिलाई निको भएपछि सडक, मन्दिर र सार्वजनिक ठाउँमा मागेर पेट पाल्ने बताउँछन्

Leave a Reply