जलजला गाउँपालिका–६,भोटेडाँडा पर्बतस्थित शान्ती आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो। शनिबार विद्यालयमा एक कार्यक्रम गरी गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजाको प्रमुख आतिथ्यतामा पुस्तकाललाई आवश्यक पर्ने साम्रागी तथा अक्षयकोष हस्तान्तरण गरिएको छ । विद्यार्थीको पठन संस्कृतिको विकास, शैक्षिक गुणस्तर बृद्धिक गर्ने उद्देश्यसहित विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा ३५ हजार बराबरको पुस्तक १ लाखको अक्षय कोष स्थापना गरिएको छ । कार्यक्रममा लायन्स क्लब अफ अन्तरास्ट्रिय डिस्ट्रिक्क ३२५ बि १ नेपालका डिस्ट्रिक चिफ एड्भाईजर लायन चन्द्र कुमार केसी, लायन्स बेनी मल्लाजमा निर्वतमान अध्यक्ष एलसीआएफ कोअर्डिनेटर एवम् कार्यक्रम संयोजक श्रीलाल चापागाईले ब्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त  सापकोटा, प्रधानाध्यापक शिव सुबेदीलाई हस्तान्तरण गरेको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले बताए । पुस्तकालयमा थप पुस्तक आवश्यक परेमा ब्याजबाट खरिद गर्ने गरी अक्षय कोषको स्थापना गरिएको छ । यसैबीच कोषमा विद्यालयको तर्फबाट ५ हजार समेत थप गरिएको छ भने कार्यक्रमस्थलमै ५२ हजार २ सय ३० रुपैयाँ संकलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले विद्यालयमा पुस्तकालय अनिर्वाय रहेको बताईन् । उनले पुस्तकालयको स्थापनासँगै सञ्चालनका साथै निरन्तर प्रयोगमा समेत ध्यान दिन अनुरोध गरिन् । सोही अवसरमा विशिष्ट अतिथि लायन्सका केसीले पुस्तकालयमार्फत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि हुने, पढ्ने बानीको विकास हुने बताएका थिए । पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको छ ।

कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष बानियाँ, स्वागत पूर्व अध्यक्षजोन चियरपर्सन दिलिप कुमरा बरुवालले स्वागत र सञ्चालन तृतिय उपाध्यक्ष पुष्कर ढुंगानाले गरेका थिए । लायन्स क्लवमार्फत जलजला गाउँपालिकामा शिक्षा, स्वास्थ्य लगायतमा सामाजिक कार्य सञ्चालन भइरहेको छ।

Leave a Reply