१ सय १० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दीमा क्रियाशिल लायन्स क्लवले एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् । लायन्स क्लव म्याग्दी दोभानको संयोजनमा बेनी नगरपालिका–५, पुलाचौकी मुटु, कलेजो रोगबाट ग्रसित इश्वरी खत्रीको उपचारमा १५ हजार सहयोग गरेका छन् । गण्डकी प्रदेशकै ठूलो मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ खत्रीलाई दिवसको अवसरमा उक्त सहयोग गरिएको लायन्स क्लव दोभानकी अध्यक्ष जानकी विश्वकर्माले बताईन् ।

‘सहयोगले पीडितलाई केही राहत हुने छ,‘थप सहयोग जुटाउन पहल गर्नेछौ’ विश्वकर्माले भनिन् । लायन्स क्लवका रिजन चियरपर्सन सुनिता केसी, जोन चियरपर्सन दिलिप बरुवाल, लायन्स क्लव दोभान, लायन्स क्लव अफ बेनी म्याग्दी, लायन्स क्लव अफ महारानी, लालिगुराँस अफसेट प्रेसका सञ्चालक सन्दिप खत्रीले सहयोग गरेका छन् ।

पीडित खत्रीले अक्सिजन लगाइएको अवस्थामा बेडमा पल्टिएको अवस्थाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो । मुटु, कलेजो, छारे लगायत करिव ९ थरी रोगबाट ग्रसित इश्वरीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकको भनाई छ। जटिल रोगबाट ग्रसित इश्वरीलाई दैनिक करिव ७ हजार बराबरको औषधी आवश्यक पर्ने भएकाले सहयोगको अपिल समेत गरिएको छ । उनको उपचारमा हालसम्म ४ लाखभन्दा धेरै खर्च भएको छ

Leave a Reply