बेनी सामुदायिक माध्यमिक विद्यालयको प्राथमिक उपचार केन्द्रलाई एक औषधी उपचार केन्द्रले औषधी सहयोग गरेको छ । बेनी नगरपालिका–८, न्यूरोडमा रहेको पाण्डे ड्रग सेन्टरले १५ हजार बराबरको औषधी सहयोग गरेको हो ।

कोराना भाइरसका संवेदनशीलतालाई मध्यनजर गरी विद्यालयमा रहेको प्राथमिक उपचार केन्द्रमा प्रयोग गर्ने गरी रुघा लागेका बिरामीलाई माक्स, टाउको दुख्ने, खोकी, ज्वरो जस्ता प्राथमिक उपचारमा आवश्यक पर्ने औषधी सेन्टरका सञ्चालक प्रमोद महतो र गोविन्द थापाले विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयमा एक कार्यक्रम गरी कोरना भाइसरबाट जोगिन आवश्यक पर्ने सतर्कता लगायत स्वास्थ्य सम्बन्धि जानकारी समेत गराइएको विद्यालयका शिक्षक सचिन शाक्यले बताए । उनले विद्यालयमा रहेको उपचार केन्द्रलाई थप ब्यवस्थित र आवश्यक औषधी सहितको उपकरणहरुलाई समेत प्राथमिकता दिएर भविस्यमा सहयोग गर्ने प्रतिबद्धता समेत प्राप्त भएको बताए । सोही अवसरमा औषधी सहयोग गर्नेलाई विद्यालयले धन्यवाद सहित स्वागत गरेको थियो ।

Leave a Reply