बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले विश्वब्यापी रुपमा फैलिएको कोरना भाइरसको संवेदनशीलतालाई मध्यनजर गरी यसबर्षको होली पर्व समुहमा नखेल्न अनुरोध गरेका छन्।

हिन्दुहरुले हर्ष उल्लासको साथ मनाउने होलीलाई विगतमा जस्तै समुह बनाएर खेल्नुभन्दा परिवारमै एक अर्कासँग रंग लगाउँदै शुभकामना दिएर मनाउँदा राम्रो हुने बताए।समुह बनाएर विभिन्न रंग प्रयोग मिसाएर पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने क्रममा सरुवा रोगको संक्रमण फैलि सक्ने जोखिम रहेको बताए ।

‘रुघाखोकी लागेकाहरुबाट सर्न सक्छ,‘सर्तकता अपनाउँदा राम्रो हुन्छ’ डा. बस्ताकोटीले भने ।उनले होली खेल्न सबैलाई मनपर्ने भएकाले पनि समुह बनाएर, अपरिचि ब्यक्ति वा ज्वरो, रुघाखोकी लागेकाहरूलाई घर बाहिर नजान समेत सुझाव दिए ।

उनले पानीबाट कोरना भाइरसको संक्रमण नहुने भएपनि संक्रमण भएका वा बिरामीले अर्कोलाई अबिर लगाउने क्रममा सर्न सक्ने, समुहमा संक्रमितको पहिचानमा समेत समस्या हुने तर्फ सर्तकता अपनाउन समेत अनुरोध गरे। उनले घर बाहिर होली खेल्दा जहाँ सुरक्षित महसुस गर्नुहुन्छ त्यहि ठाउँमा गएर खेल्न समेत अनुरोध गरे।

नेपाल सरकारले समेत सचेत बनाइरहेको अवस्थामा यसपटकको होलीलाई विगतको जस्तै कार्ययोजना बनाएर नखेल्दा देशलाई फाईदा हुने चिकित्सकको तर्क छ ।छालालाई हानी गर्ने खालको रसायनयुक्त रंगको नकारात्मक असर धेरै हुने भएकाले बालबालिका, बृद्धबृद्धालाई संक्रमण फैलिएमा थप जोखिम हुने भएकाले अभिभावकले समेत विषेश ध्यान दिन डा. बस्ताकोटीको सुझव छ ।

Leave a Reply