कोरोना भाइरस (कोभिङ १९) को संक्रमणबाट जोखिन सर्तकता अपनाएको बेला म्याग्दीको अन्नपूर्ण गाउपालिका- ५ शिख घर भएकी डिलकुमारी तिलिजा पुनले छिमेकी जिल्ला बागलुङ बजारमा मास्क बनाएर बेच्न थालेकी छिन् । नरम कपडाबाट मास्क बनाएपछि धेरैको रोजाईमा पर्न थालेको छ । मेडिकलहरुमा पाईने मास्क पाउन छाडेपछि उनले धमाधम बनाएर बेचेकी हुन् ।

लुकाएको आरोप समेत आएपछि उनले भने आ“फै बनाएर मास्कको व्यपार थालेकी हुन् । छेवैको मेडिकलमा दैनिक मास्क खोज्न आउनेको भीड देखेपछि दुइ दिनदेखि काम थालेको बताईन् । उनले प्रति गोटा ५० रुपैया“मा बेचेकी छिन् । कपडा र सिलाईको मूल्य राखेर उनले ५० रुपैया“ बनाएको बताईन् । धोएर पनि लगाउन मिल्ने भएकोले धेरैले उनको पसलमा आएर मास्क किन्न थालेका छन् ।

दुइ दिनमै दुइसय बढी बेचिसकेको उनले बताईन् । ‘संक्रमण भैहाल्यो भने के गर्ने भनेर केही थान किनेर ल्याएको छु’ बागलुङ नगरपालिका २ की दुर्गा हमालले भनिन्, ‘सर्तक भएको राम्रो पनि भयो ।’ मास्क किन्न आएकालाई उनले सरसफाईमा ध्यान दिन समेत सुझाव दिन थालेकी छिन् । साबुनपानीले हात धुने र दिनभर लगाएपछि बेलुकी धुन पनि उनले सुझाव दिईन् । अरु बेला उनले धागोबाट बिद्यालयका पोशाकको स्विटर बुन्ने काम गर्छिन् ।

१० बर्ष अघि बागलुङ बजार झरेर उनले मेहेनत गर्दा राम्रो व्यवसाय गर्न सफल भएकी छिन् । उनीको निरन्तर धागो स“ग खेल्छिन् । धागोले उनका धेरै चुनौतीहरु पार गरिदिएको छ । अहिले उनको उद्यमबाट धेरै मानिस आश्रीत छन् । गाउ“का बुढा बाबुआमा र बजारमा पढ्ने छोराछोरी यही कमाईको भरमा छन् । विद्यालयहरुले धमाधम ड्रेसको स्विटर अर्डर गरिरहन्छन् । तीन बर्षदेखि उनले बिद्युतीय मेसिन ल्याएर कपडा बुन्न थालेकी हुन् । मेसिनबाट उनले यस अघिको भन्दा तीन गुणा उत्पादन गर्न सक्ने भएकी छिन् ।

धागोबाटै आर्कषक सजावटका सामान पनि बनाएर बेचेकी छिन् । गुणस्तरको सामान तयार गर्न सक्दा फेन्सी सामानमा भन्दा यस्तै सामानमा धेरैले चाहना बढाएको उनले बताईन् ।उनले ४ लाखमा खरिद गरेर ल्याएको ‘एलेकस ल्फेट मेसिन’लाई नियमित संचालनमा ल्याउन थालेपछि उनको कमाई बढेको हो ।  उनको कमाईबाट गाउ“मा बसेका बाबुआमा, छोराछोरी पाल्नु पर्छ ।

उनको मेहेनतकै कारण केही स्थानमा तालिमका लागि सहजकर्ता बनाएर बोलाउन थालेका छन् । उनले बागलुङ र म्याग्दीका ग्रामीण बस्तीमा पुगेर स्विटर र सजावटका सामान बनाउने तालिम दिएको बताईन् । ‘गाउ“गाउ“मा फेन्सीका कपडा प्रयोग बढेको छ, दिदीवहिनीहरु बेरोजगार छन्’ उनले भनिन्, ‘आफ्नो लागि किन्न नपरेपछि धेरै पैसा जोगिन्छ भनेर सिकाएर आए“ ।’ सजावटका लागि घरायसी सामानमै डोरी र धागो प्रयोग गर्ने विधि पनि उनले जानेकी छिन् । धेरै रंग प्रयोग गरेर बनाइएका सामानको मूल्य पनि महंगो पर्छ । उनले बनाएका केही सामान ३ हजार रुपैया“ सम्म पर्ने छन् ।  कान्तिपुर बागलुङ सम्वाददाता प्रकाश बरालको सहयोगमा 

Leave a Reply