पश्चिम म्याग्दीको एक गाउँमा बाँझो रहेका जग्गामा जडिबुटी र तरकारी खेती सुरू गरिएको छ । मालिका गाउँपालिका वडा नं ६ दरबाङको दुखुमा सहकारीको माध्यमद्धारा बाँझो जग्गा सदुपयोग गर्दै सतुवा, विभिन्न किसिमका तरकारी खेती सुरु गरिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार आत्मनिर्भर ब्यवसायिक कृषि सहकारीले दुखु गाउँमा बाझो जग्गाको सदुपयोग गदैं सामुहिक कृषि तथा जडिबुटी खेती सुरु गरेको बताउनुभयो । करिब १ सय ५० रोपनी जग्गामा जडिबुटी सतुवासँगै तरकारी खेती सुरु गरिएको छ ।

उक्त समुहको सामुहिक खेतीबाट गाउँमा १४ जनालाई रोजगारी समेत मिलेको छ । गाउँका यूवा धमाधम धन कमाउनका लागि विदेश पलायन हुने क्रम बढिरहेका बेला जनशक्तिको अभावमा बषौंदेखि बाँझो जमिन सदुपयोगमा गाउँले सक्रिय भएका हुन् ।

केही वर्ष पहिलेसम्म एकल सक्रिय गाउँलेले राम्रो प्रतिफल दिएपछि किसानले व्यावसायिक सोचका साथ एकल र सामूहिक रूपमा खेतीमा सक्रिय भएका छन्। खेती राम्रो हुँदै गएकाले स्थानीय यसतर्फ आकर्षित र उत्साहित भएको जग्गाधनी नन्दप्रसाद रोकाले बताए। परीक्षणका लागि गरिएको खेती राम्रो भएमा अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको सहकारीले बताएको छ।

Leave a Reply