नेविसंघको रक्तदानमा ३८ पिन्ट रगत संकलन

नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा मंगलबार क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ। विगत एकदशक अगाडीदेखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन संघको कार्यक्रम उद्घाटन गदैं पार्टी सभापति खम्बीर गर्बुजाले विद्यार्थीको रचनात्मक कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने बताएका थिए ।सोही अवसरमा नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले १२ बर्षदेखि नेविसंघले रक्तदान कार्यक्रम गरी धेरै विरामीको ज्यान जोगाउन सफल भएको बताए । उनले विद्यार्थीको हकहितसँगै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको बताए । रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत सङ्कलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति सुजता खत्रीले बताईन् । उनले रक्तदान नै जीवनदान भएको भविस्यमा थप प्रभावकारी बनाउने बताईन् ।

रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता इकाई सभापति खत्री, स्वागत उपसभापति शिव श्रेष्ठ र सञ्चालन आषिक भण्डारीले गरेका थिए । म्याग्दीमा रक्तदान कार्यक्रम प्रभावकारी देखिन्छ । जिल्लाभित्रका विभिन्न संघसंस्था तथा अस्पतालमै समेत दैनिकजसो रगत संकलन गरी जिल्ला बाहिर समेत पठाउने गरिन्छ । नेपाल रेडक्रस सोसाईटी म्याग्दीले जिल्लामा धेरै रक्तदान कार्यक्रम गर्ने संस्थामा लायन्स क्लवपछि नेविसंघ रहेको भन्दै सम्मान समेत गरेको थियो ।

Previous articleबाँझो जग्गामा व्यवसायिक सतुवा र तरकारी खेती गदैं दुखुबासी
Next articleदुई महिनामा तीन विवाह रोकियो