मुस्लिमको विवाहमा हिन्दु संस्कारको झल्को, घन्कियो पञ्चेबाजा, छमछमी नाचे

0
????????????????????????????????????

बेहुलीको घरमा लाइन लगाएर जन्तीसँगै साइपाटा लिएर आए । बेहुली पक्षबाट जन्तीलाई स्वागत गरियो । नजिकै पञ्चेबाजाको तालमा लस्करै लागेर छमछमी नाचिरहेको थिए । विवाह घरमा बाख्लो चहलपहल थियो । म्याग्दीको बेनी नगरपालिका–७ बस्ने रहिमा खातुन छिमेकी पर्वत बेनीमा विवाह गर्न सजिएकी थिइन्।

????????????????????????????????????

रहिमालाई लिन कास्की पोखरा महानगरपालिका मियाँ पाटनका नरुल्लाह मियाँ जन्ती लिएर आइ पुगेका थिए। विवाह घरको तयारी हेर्दा हिन्दु परम्परा अनुसारका सम्पूर्ण कार्यहरू गरिएपनि दुलाह–दुलही भने मुस्लिम समुदायका थिए ।

हिन्दु संस्कारसँगै सामाजिक सद्भाव कायम गर्न म्याग्दीका एक मुस्लिम अगुवाले आफ्नो छोरीको विवाहमा हिन्दु संस्कार अनुसार छोरीको विवाह गरेका छन् । मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खाँले नेपाल जातिय, भाषिक र एकताको अनुपम परम्पराको गाथा भएकाले मुस्लिम र हिन्दु संस्कार अनुसार छोरीको विवाह गरेको बताए ।

‘मुस्लिमको विवाहमा पहिलोपटक पञ्चेबाजा बजेको छ,‘हिन्दु परम्परा अनुसारका कार्यहरू भएका छन्’ उनले भने । उनले हिन्दु–मुस्लिम जातीको सहकार्य र एकताको लामो इतिहास रहेको बताए। उनले छोरीको विवाहमा हिन्दु धर्ममा आस्था राख्नेहरू खाना खान आएको, छिमेकी र शुभचिन्तकले समेत विवाहमा आवश्यकता अनुसार सघाएको बताए । विवाहअघि वर–वधूले अर्कामा छलफल, विवाह गर्ने सहमति गरेपछि मात्रै विवाह आँटेका थिए ।

????????????????????????????????????

दुलही परिवारको चाहना अनुसार नै दुलाहबाट हिन्दु संस्कार अनुसारको तयारी गरेर आएका थिए । मुस्लिम समुदायका दुलहीले परिवारका सदस्यको सहमतिबाटै विवाह गर्ने गरेपनि अगुवा खाँ ले विवाहलाई दिगो बनाउन हिन्दु संस्कार अनुसार नै विवाह अगाडी मेहन्दी, विवाहपछि सम्धी भेट, दुलही फर्काउने लगायतका कार्यहरूलाई समेत प्राथमिकता दिएको पर्वत बेनीमा रहेको वर्काती जामा मस्जिदका अध्यक्ष अजित खानले बताए ।

‘समुदायका सामाजिक कार्यमा हाम्रो एकता छ,‘सामाजिक सद्भाव सबैभन्दा ठूलो सम्पत्ती हो’उनले भने । मुस्लिम समुदायको विवाहमा पञ्चेबाजा घन्किएको उदाहरणलाई आगामी दिनमा समेत अन्य विवाहमा प्रयोग गर्ने उनले बताए । समान्य विवादमा समेत हिन्दु–मुस्लिम धार्मिक दंगा हुने समाजमा म्याग्दीबाट गतिलो सन्देश प्रवाह भएको उनले बताए ।

विवाह अगाडी केटा तथा केटी घरपरिवारले कुरा छिनेपछि एक–अर्कामा चिन्ने, हिन्दु धर्ममा आस्था राख्नेले मुस्लिमको विवाहमा भोज खाने कार्यहरूले मानवीय सहकार्यलाई थप बलियो बनाउने बताए । विवाह मन्डप सजाइएको, सालीहरूले बेहुलाको जुत्ता लुकाइदिने जस्ता अभ्यासहरू समेत विस्तारै मुस्लिम समुदायमा देखिन थालेको अगुवाहरूको भनाई छ ।

‘उत्सव मनाउँदा सामाजिक मन मिल्छ,‘एउटालाई समस्या पर्दा अर्कोले सहयोग गर्ने बाटो खुल्छ’ एक मुस्मिल अगुवाले भने ।म्याग्दीमा स्थायी तथा अस्थायाी रुपमा करिव १ सय ५० बर्ष अगाडी बसोबास रहेको छ । अहिले म्याग्दी तथा आसपासका क्षेत्रमा करिब ३० घरधुरीमा करिव २ सय ५० जना बसोबास गर्छन् ।

महायज्ञमा सहयोग, रक्तदानमा सहभागी
मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष खाँले बेनीमा आयोजित रक्तदान कार्यक्रममा ३ पटक रगत दान गरेका छन् । उनले रक्तदानसँगै राष्ट्रिय अभियान अन्तरगत विभिन्न खोप र औषधी खुवाउने कार्यक्रममा आनाकानी गर्नेलाई समेत अभियानका बारेमा जानकारी गराउँदै अभियानमा सक्रिय हुन्छन् । म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित महायज्ञमा संस्थागत रुपमा ५ हजार, महावीर पुनको आविष्कार केन्द्रमा ५ हजार, बेनी अस्पतालमा फलफुल वितरण, रक्तदान कार्यक्रममा रक्तदान तथा विभिन्न धार्मिक कार्यक्रममा समेत सहभागिता जनाउने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बसोबास गर्ने मुस्लिम समुदायका कार्यक्रमहरुमा सामुहिक उपस्थिती जनाउन थालेपछि लामो सहकार्यबाट समाज अगाडी बढेको छ । विपद्मा सुःख, शान्ति र समृद्धिको कामना गदै मस्जिदमा प्रार्थना गर्ने गरेका छन् । ‘यहाँ हिन्दु समुदायसँग मिलेर बसेका छौ,‘आफ्नै धर्म छ तर पनि सहकार्य बलियो छ’ एक हिन्दु धर्मालम्बीले भने । उनले फरक–फरक जातीको सहकार्यले समुदायमा सुगन्ध छाइरहेको बताए ।

यसरी भित्रिए म्याग्दीमा मुस्लिम
बाईसे–चौबीसे राज्यका पालामा १४ औं शताब्दीमा नुर खान र निर खानको टोली ढोल्लथानमा जडिबुटी र हतियार बनाउन आएको बताइन्छ । आधिकारिक तथ्याङ्क नभएपनि म्याग्दीमा पहिलोपटक मुस्लिम धर्मालम्बीको रुपमा प्रवेश गरेको इतिहास बाइसे–चौविसे राज्यका पाला देखिने भएको म्याग्दीमा मुस्लिम अगुवाको भनाई छ । जगन्नाथ र ढोल्थान आसपासका क्षेत्रमा नुर निर खानको टोलीले राजाका आवश्यकता अनुसारका हतियार बनाउन सघाउने तथा भारतका विभिन्न स्थानबाट हतियारका लागि आवश्यक पर्ने साम्रागी ढुवानी समेत गर्ने गरेको बताउँछन् ।

तत्कालिन समयमो कुनै दस्तावेज नभएपनि मुस्मिलले भारतमा सिकेको हतियार बनाउने सीपलाई प्रयोग गरेकै कारण लामो समयसम्म काम गर्ने अवसर पाएको उनीहरुको भनाई छ। जगन्नाथ मन्दिरभित्र समाधीस्थल बनाउने कार्यलाई मुस्लिम अगुवाको आफ्नै भनाई छ । तत्कालिन समयमा मुस्लिम यूद्धका साम्रागी गराउन माहिर मानिन्थे । तत्कालिन समयमा राजाका लागि काम गरेका मुस्मिलका आफन्तहरू छिमेकी गाउँ अर्थात हालको बेनी नगरपालिका–४ सिंगाको धौलागिरी माविको स्थापना तथा पूर्वाधार निर्माणमा सुरुवाती चरणमा समेत सहभागी भएको देखिन्छ ।

धौलागिरी माविमा तपाली मियाँको योगदानका बारेमा समुदायलाई समेत जानकारी रहेको मुस्लिम समुदायका बुढापाकाको भनाई छ । बाईसे–चौबीसे राज्यका पालामा म्याग्दीमा प्रवेश गरेका मुस्मिलहरूले योगदान गरेवापत करिव १ सय ७० बर्ष पुरानो रसिद ‘समेत रहेको छ । तत्कालिम समयमा म्याग्दीमा आएका मुस्मिल बागलुङको बलेवा र पर्वतका नाईलिवाङ क्षेत्रमा समेत पुगेका थिए ।

म्याग्दीमा स्थायी रुपमा बसोबास गर्ने आउने अधिकांस घुम्ती ब्यापारबाट आएका छन् । बेनी नगरपालिका वडा नं ७ स्थायी घर भई नेपाली नागरिकता समेत लिएकाले लामो समयसम्म घुम्ती ब्यापारमै समय विताए । म्याग्दी जिल्लामा अस्थायी रुपमा बसोबास गर्ने मुस्मिल समुदायहरूले हिन्दुहरूसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरुमा सहभागी जनाउने उदेश्यले वि.श २०४० सालमा मुस्लिम सेवा समाज गठन गरेका थिए । जिल्लामा मुस्मिल समुदायले आफ्ना बाहेक हिन्दु सहित विभिन्न संघसंस्थाका कार्यक्रममा समेत सहभागिता जनाउने गर्दछन् । बेनी साप्ताहिक पत्रिकाबाट

Leave a Reply