नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको बुधबार सम्पन्न वैठकले विभिन्न पदमा सदस्यहरु मनोनित गरेको छ । नेकपा प्रदेश कमिटी वैठकले हिमाली जिल्ला म्याग्दीबाट पूर्व सांसद नवराज शर्मा, नेकपा जिल्ला अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ र प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई मनोनित गरेको हो ।

पूर्व सांसद शर्मा नेकपा गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य तथा अध्यक्ष पौडेल, सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्री पुनलाई सचिवालय सदस्यमा मनोनित गरिएको नेकपा प्रदेश कमिटीले जनाएको छ ।कार्यालय सदस्य र सचिवालय सदस्यमा मनोनित सदस्यहरु यसअघि नेकपा गण्डकी प्रदेश कमिटीको सदस्य थिए ।

कार्यालय सदस्यमा मनोनित शर्मा, सचिवालय सदस्यमा मनोनित पौडेल र पुन यसअघि म्याग्दी जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसैगरी सचिव श्रेष्ठ तत्कालीन नेकपा एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए ।

Leave a Reply