दक्षिण कोरियाबाट घर विदामा फर्किएका एक म्याग्देली करिब १२ दिन घरमा सेल्फ क्वारेनटाइनमा बसेका छन्। रोजगारको सिलसिलामा कोरियामा रहेका उत्तरी म्याग्दीका यूवाले घरमा आएलगत्तै रुघाखोकी घरका अन्य सदस्यलाईसर्न नदिन, विमानमा यात्राको क्रममा संक्रमणको जोखिमलाई मध्यनजर गरी घरमा करिव परिवार बाहेक अलग्गै बसेर उपचार गरेपछि बुधबार बेनी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराबाट आएका स्वास्थ्यकर्मीको टोलीले रगतको नमुना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बताए ।

‘उहाँले शंका मान्नुभएको हो,‘सचेत हुनु नै ठूलो कुरा हो’ डा. बस्ताकोटीले भने । यूवाको कोरना भाइरसमा हुने कुनै पनि जोखिम नभएपनि सतर्कता अपनाएको भएपनि तीनदिनभित्र रिर्पोट आउने बताइएको छ । विदेशबाट फर्किने यूवाहरुले आफ्नै प्रयासमा घर वा होटलहरूमा क्वारेन्टाइन (सुरक्षित स्थान)को व्यवस्था गर्नु आवश्यक रहेको डा. बस्ताकोटीको भनाई छ ।

कोरियामा कोरना भाइरसका संक्रमण फैलिरहेको अवस्थामा घर विदामा आएका यूवाले ट्रान्जिटमा चिनियाँ सहित विभिन्न देशबाट एउटै विमानमा नेपाल फर्किएकाले संक्रमणको आशंकामा बेनी अस्पतालले यूवाको ट्राभल्ल डकुमेन्टको आधारमा पोखराबाट परीक्षणका लागि टोली आएर फर्किएको अस्पतालले जनाएको छ । दक्षिण कोरियाको थेगु तथा आसपासका सहरबाट घर विदामा आएका नेपालीले समेत घरमै सुरक्षित बसेपनि अस्पतालसम्म आएका छैनन् ।

विदेशबाट फर्किने बेलामा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी ज्वरो र रूखाखोकी आएमा तत्कालै बेनी अस्पतालमा परीक्षणको ब्यवस्था समेत मिलाइएको छ भने घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्ने लगायतका आवश्यक तयारीका बारेमा समेत जानकारी गराइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न देशबाट म्याग्दीमा भित्रिएकाहरूको तथ्याङ्क नभएको जनाइएको छ ।

Leave a Reply