राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बेनीको क्याम्पस चोकमा आयाजित कार्यक्रममा प्रतिष्ठान म्याग्दीको तर्फबाट रु १० हजार ५ सय ५० र स्थानीय ब्यबसायीहरुबाट प्राप्त रु ८ हजार २० रुपैयाँ धौलागिरी नाटय समुह म्याग्दीका अध्यक्ष रबि कार्कि र सचिब अमित बिश्वकर्मालाइ हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका सचिब पदम बिश्वकर्माले बताउनु भएको छ ।
रकम हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य नकुल ढकालले खत्री परिवारको पीडामा खुसी थप्न प्रतिष्ठान म्याग्दीले गरेको कार्य प्रशंसनीय भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रतिष्ठान गण्डकी प्रदेशका संस्थापक सदस्य लोक गायक अमित बिश्वकर्माले कलाकर्मीहरु पनि सामाजिक अभियन्ताको रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । गौरबशाली संस्थाको स्थापना दिबश केही रचनात्मक र परोपकारी काम गरि मनाउँ भन्ने उदेश्य अनुरुप बिरामी खत्रीको स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरेले बताउनु भयो ।

शारिरीक रुपमा अशक्त नर बहादुर खत्रीकी श्रीमति इश्वरीको फोक्सो, छाती लगाएतका रोगबाट ग्रसित भइ बिगत २ महिना देखी पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अबस्था कमजोर र उपचारमा धेरै रकम लाग्ने भएकोले धौलागिरी नाटय समुह म्याग्दीले आर्थिक सहयोग संकलन अभियान संचालन गरेको छ । उक्त अभियानबाट हाल सम्म रु २३ हजार ६ सय संकलन गरि खत्रीलाइ प्रदान गरिएको समुहका अध्यक्ष रबि कार्कीले बताउनु भयो ।

Leave a Reply