बेनी नगरपालिका–६,अर्थुङेमा ट्याक्टर दुर्घटना भएको छ । तिब्र गतिमा रहेको अनुमान गरिएको ग १ त ४७८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टेको अवस्थामा भेटिएको छ । ट्याक्टरका चालक घाईते अवस्थामा भागेको वा उपचारका लागी बेनी तर्फ लागेको अनुमान गरिएको छ । ट्याक्टर पल्टिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।ट्याक्टर आर्मी ब्यारेकको माथि घुम्तीबाट खेतमा खसेको छ । घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रगत देखिएकाले चालक रगताम्मे अवस्थामा भागेको अनुमान गरिएको छ । तस्वीर बाबुराम चोखाल

Leave a Reply