करिब सात महिना अगाडी म्याग्दीको सदरमुकाम बेनी न्यूरोडबाट बेपत्ता भएकी एक गर्भवती यूवतीको खोजीकार्यको अपिल गदैंै परिवार पक्षले बेनीबजारमा मौन जुसुल निकालेका छन् । ०७६ भदौ १८ गतेदेखी वेपत्ता भएकी बेनीनगरपालिका, ८ न्यूरोडकी १९ बर्षिया मनिषा परियारको निस्पक्ष खोजीको माग गदैं महिला सञ्जालको अगुवाईमा बेनीबजारमा प्रर्दशन गरिएको हो ।

तिजमा माइतबाट घर आएकी परियार बेपत्ता भएको केही बेरमै खोजीकार्य गरेको भएपनि अहिलेसम्म कुनै पत्ता नलागेकाले खोजीमा सहयोग गर्न अपिल गर्न कार्यक्रम गरिएको न्यूरोडका धन परियारले बताए । उनले बेपत्ता भएयताका गतिविधिलाई प्रहरीमार्फत थप अनुसन्धानको अपेक्षा गरी प्रर्दशन गरिएको बताउँदै बास्तविकता पत्ता लगाएर कारवाही गर्न अनुरोध गरे । ‘दोषीलाई कारवाही हुनुपर्छ,‘पीडितपक्षले न्याय पाउनुपर्छ’ उनले भने ।

बेपत्ता परियारको माइतीपक्षलाई समेत आवश्यक अनुसन्धानको निगरानीमा राख्न केटापक्षले माग गरेका छन् । प्रर्दशनको क्रममा इमोमा हालिएको तस्वीर, बेपत्ता हुनुअगाडी किनिदिएको माला लगाएर दशैंमा खिचिएको तस्वीरलाई छानविनको घेरामा राख्न समेत अनुरोध गरेका छन् । ५ महिनाकी गर्भवती मनिषा त्यसयता घररमाईती र आफन्तको सम्पर्कमा छैनन् । घरपक्षले माइतीसँग सहकार्य गरी खोजीकार्यका लागि अनुरोध गरेको भएपनि बेवास्ता भएको गुनासो गरेका छन् ।

माइतीपक्षले बेपत्ता बनाएको आरोप लगाएसँगै मनिषाको श्रीमान र उनकी सासुलाई थप अनुसन्धानका लागि कारागार चलान गरिएपछि खोजीकार्य सुस्ताएको भन्दै खोजी कार्यमा तदारुकता नदेखाएपछि आन्दोलित भएको महिला सञ्जालको भनाई छ ।

भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निस्केकी परियारसँग समान्य विवाद भएपनि प्रेम विवाह भएकाले केटा र केटीको ठूलो विवादका बारेमा जानकारी नभएको छिमेकीको भनाई छ।

यता परियारका माइतीपक्षले भने शारीरिक र मानसिक यातना दिँदै आएकाले घरपरिवारले नै छोरीलाई बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन् । यसैबीच म्याग्दी प्रहरीले सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply