काठमाण्डौमा रहेका म्याग्देलीहरू आवद्ध रहेको एक संस्थाले मृगौला र क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ। बरंजा–भकिम्ली माईटी कुटुम्ब समाज काठमाण्डौले क्यान्सर पीडित मंगला गाउँपालिका–३ की रोश्नी घर्ती मगरलाई १६ हजार र सोही गाउँपालिका वडा नं ४ की मृगौला पीडितलाई ५० हजार ८३० सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष कमल पुनले बताए ।

‘उहाँहरुको समस्यालाई मध्यनजर गरी आर्थिक अभियान सञ्चालन गरेका थियौं,‘यो सानो सहयोगले उपचारमा सहज हुने अपेक्षा गरेका छौ’ अध्यक्ष पुनले बेनीअनलाइनलाई भने । उनले आर्थिक सहयोग गर्ने सम्पूणलाई समाजको तर्फबाट धन्यवाद समेत ज्ञापन गरेका छन् ।

बिश २०६९ सालमा स्थापना भएको संस्थामार्फत भकिली, बरंजा सहित प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गदैं आइरहेको छ । कानुनी रुपमै दर्ता भएको संस्थाले भविस्यमा पनि थप योजना सहित अगाडी बढ्ने जनाएको छ । समाजले बेनी नगरपालिका वडा नं ३ भकिम्ली, मंगला गापा वडा नं ३ र ४ मा बसोबास गर्नेहरु बाहेक विभिन्न क्षेत्रमा समेत सहयोग गदंैं आइरहेको छ ।यसैबीच समाजले बेनपा–३ राखुकी विपन्न रनिसरा थापामगरलाई समेत सहयोग जुटाउने निर्णय गरेको छ।

Leave a Reply