नेपाल आइडलको विभिन्न चरणमा नेशन पुनले रक–पप गीत प्रस्तुत गर्दा धेरैले उनलाई यूवापुस्तालाई मात्रै लक्षित गरी मात्रै गीत गाएको भन्नेहरू धेरै थिए । नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा एकपछि अर्को सफलता प्राप्त गदैं जाँदा नेशनले हिमाल, पहाड र तराई जोड्ने गरी गीत प्रस्तुत गरे ।

उनले नेवारी भाषाकै गीत गाएपछि धेरैले नेशनलाई संगीतको क्षेत्रमा बहुप्रतिभाका धनीको रुपमा समेत चर्चा गर्न थाले । उत्कृष्ट १० भित्र छनौट भएयताका प्रस्तुतीमा नेशनले नेपाली संगीत क्षेत्रमा बालबालिका देखि बुढापाकासम्मले सर्वाधिक रुपमा रुचाइएको चर्चित लोक गायक प्रजापति पराजुलीको ‘के खान्छौ कमला, सुन्तला कि अमला’ गीत गाएर लोकसंगीतका पारखीहरुको मन जित्न सफल भए । उक्त गीतले नेशनको नेपाल आइडलमा लोकप्रियता चुलियो । उनले पछिल्ला गीतहरु गण्डकी प्रदेशभित्र तीनदशक अगाडी स्थापित लोकप्रिय ब्याण्ड ‘कन्दरा’ को ‘तिमी पारी त्यो गाउँमा“’ भन्ने गीत प्रस्तुत गरे ।

करिब २५ बर्ष अगाडि रेकर्ड गरेको कन्दरा ब्याण्डको गीतले समेत उनले गण्डकी प्रदेशका दर्शकलाई दुईदशक अगाडीको गीतको सम्झना दिलाएका पुनले शुक्रबारको प्रस्तुतीमा नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यको ‘स कर्णाली स, जौका बारी, गाँका पुला कम्पनी’ गीतमार्फत थप आफ्नो सांगीतिक उचाईलाई माथि उकाल्न सफल भए । उनले पहाड, हिमाली क्षेत्रका गीतमार्फत आफ्नो प्रस्तुतीलाई घुमाउरो तरिकाले आफ्नै क्षेत्रको प्रचारप्रसार गरिरहेका छन् ।

पपगितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपालीगित संगितको उचाईमा पु¥याउने अग्रज गायकहरुको सिको गरिरहेका पुन हालसम्म सर्वाधिक भोट प्राप्त गर्ने र उत्कृष्ट प्रस्तुतीको अवार्ड समेत प्राप्त गरिसकेका छन् । उनले आफ्नो प्रस्तुतीलाई खम्बा जस्तै उभिएर भन्दा गीत अनुसारको अभियनलाई समेत जोड्ने कलालाई जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटाले मात्रै होईन् हरेक अतिथि गायकले समेत उच्च प्रशंसा गर्ने गरेका छन् ।

एकपछि अर्को प्रस्तुतीलाई सुमधुर बनाउने क्षमता राख्ने पुन अहिले उत्कृष्ट ५ भित्र प्रवेश गरिसकेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका उनले आफ्नो घर म्याग्दी भन्दै सहयोग अभियान समेत सुरु गरेका छन् । नेशन पुन जिताउ अभियानका संयोजक नारायण पुनले यसपटक म्याग्देली ठिटोको हातमा नेपाल आडइलको उपाधी जिताउने अवसर रहेको बताए । उनले उत्कृष्ट चारभित्र पु¥याउन आफ्नोआफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गरेका छन् । हरिकृष्ण गौतम

Leave a Reply