कोरोना भाइरसको आशंकामा बेनी अस्पतालबाट पठाइएको नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको जनाइएको छ।

दक्षिण कोरियाबाट घरविदामा आएका उत्तरी म्याग्दीका एक यूवा करिव १२ दिन घरमा सेल्फ क्वारेनटाइनमा बसेर अस्पतालमा रगत लगायतका आवश्यक परीक्षणका लागि पुगेका यूवाको क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराबाट आएका स्वास्थ्यकर्मीको टोलीले रगतको नमुना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको थियो ।

बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले रिर्पोट नेगेटिभ आएको बताउनुभयो । ‘बैदेशिक रोजगारबाट फर्किएकाले उच्च सर्तकता अपनाउनु आवश्यक छ,‘रिर्पोट नेगेटिभ आएपछि सतर्कता अपनाउदै आफ्नो नियमित काम गर्न सक्नुहुन्छ’ डा. बस्ताकोटीले भन्नुभयो ।

कोरोना संक्रमणको करिब १५ दिनपछि देखिने भएकाले यूवाले घरमा आएलगत्तै रुघाखोकी अरुलाई सर्न नदिन, विमानमा यात्राको क्रममा संक्रमणको जोखिमलाई मध्यनजर गरी घरमा करिव परिवारबाट अलग्गै बसेका थिए । अस्पतालमा पुगेका यूवाले आफ्नो चाहनालाई अस्पतालले तत्कालै सम्बोधन गरेको भन्दै बेनी अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल लगायत चिकित्सकलाई धन्यवाद दिएका थिए ।

Leave a Reply