जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट बस्ने एक बालिका किरा मार्ने विषादी सेवन गरेको अवस्थामा भेटिएकी छन् । जिल्लाको धवलागिरी गाउँपालिका १, गूर्जा घर भएकी ४ बर्षिया मञ्जु बिकले छिमेकी ५ बर्षिय राम सार्कीसँग खेल्ने क्रममा किरा मार्ने औषधी खाएपछि सिकिस्त भएकी हुन् ।

उनको बेनी अस्पतालबाट चिकित्सकले करिव एक घण्टा उपचार गरी थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । विदाको दिन स्थानीय याम सार्कीको घरमा खेलिरहेको अवस्थामा खानेकुरा भन्दै विषादी खाएको बालिकाका बुबा लक्ष्मण विकले बताए । ‘म काम गर्न गएको थिए, एक्कासी घटना सुनेपछि आएको छु’ उनले भने ।

विष सेवनबाट सिकिस्त भएकी बालिकाको उपचारमा आर्थिक अभाव भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले १५ हजार, गायक जिवन कार्कीले एम्बुलेन्स खर्चबापत ४५ सय रुपैयाँ सहयोग अस्पतालमा हस्तान्तरण गरेको छ। कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव लोकेश पुनमगरले सहयोग हस्तान्तरण गरेका थिए ।

बालिकको उपचारमा गायक रबी कार्की, पदम विश्वकर्माले उपचारस्थलसम्म ल्याएर उपचारमा सघाएका थिए । घरमा कोही नभएको अवस्थामा कोठामा राखेको विषादी खाँदा गम्भीर भएकी बालिकाको उपचारमा आर्थिक समस्या देखिन सक्ने भन्दै पोखरामा रहेका म्याग्देलीहरुलाई सहयोगको अपिल गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा हरेक बर्ष अवसाधनीपूर्वक बालबालिकाले समेत भेट्टाउन सक्ने स्थानमा उडुस मार्ने सेल्फोस नामक विषादी, तरकारी खेतीमा प्रयोग हुने, मेटासिट लगायतका अन्य विषाधीलाई सुरक्षित नराख्दा घटना हुने गरेको छ । । बालबालिकाले नभेट्ने स्थानमा विषाधी सहित जोखिमयुक्त बस्तुहरू राख्न चिकित्सकले सुझाव दिएका छन् ।

Leave a Reply