नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल–३ मा नेशन पुनलाई जिताउने अभियान बेनीमा सुरू भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रे स्थायी घरभई हाल पोखरामा बस्दै आएका पुनलाई विजेता बनाउने गरी बेनीबजारमा घरदैलो अभियान सहित भोटिङ अपिल सुरू गरिएको हो ।

बेनी नगरपालिका–८ कालिपुलकी सोनिया पुनको सक्रियतामा संगिता पुन, अरुणा पुन, प्रतिक्षा पुन र मनिता गौचन लगायत म्याग्दीका सबै स्थानीय तहबाट बेनीमा बसोबास गर्नेहरुलाई सहभागी बनाएर अभियान सुरु गरिएको छ ।

‘एउटा म्याग्देलीले यसपटकको नेपाल आइडल जित्नुपर्छ,‘अभियानमा धेरैलाई जोड्नेछौ’ सोनिया पुनले भनिन् । उनले कालिपुल बसपार्क क्षेत्रमा अभियान सुरु भइसकेको बताउँदै आइतबार बेनीबजार तथा आसपासका क्षेत्रमा घरदैलो अभियान सुरु गरिने बताईन् । नेपाल आइडलको विभिन्न चरण पार गदैं पुन उत्कृष्ट ५ भित्र पर्न सफल भएका छन् । सोमबार दिउँसो १२ बजेसम्म भोटिङ गर्न सकिन्छ । पुन भोटिङ सहित हरेक प्रस्तुतमा शिर्ष स्थानमा छन् ।

Leave a Reply