---Advertisement---

चट्याङ लागेर खिवाङमा दुईको मृत्यु

On: March 15, 2020 8:05 AM
Follow Us:

उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अन्नपूर्ण गाउँपालिका–६ खिवाङकी ४१ बर्षिया यामकुमारी गर्बुजा र २६ बर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राति सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते अवस्थामा भेटिएका दुवैजनालाई बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए ।