म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गुईठेभीरमा शुक्रबारदेखि अवरुद्ध सडक आइतबार विहानदेखि सुचारु भएको छ । निरन्तर सुख्खा पहिरोले अबरुद्ध पन्छाएसँगै विहानदेखि सुचारु भएको सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

म्याग्दीको सदरमुकामदेखी २५ किलोमिटरमा पर्ने सडक सुचारु भएपछि बेनी–जोमसोम सडकखण्ड अन्तगत म्याग्दीको दाना र छिमेकी मुस्ताङ जाने यात्रु गन्तब्यतर्फ लागेका छन् । भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकमा गुईठेभीरमा पटकपटक पहिरो जाने गरेको छ । स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएकाले समेत समस्या हुने गरेको छ ।

विगत तीनबर्षदेखि गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको चारदिनसम्म विष्फोटक पर्दाथको प्रयोग गरी सञ्चालनमा ल्याउनुपर्ने अवस्था आएको छ । सडकखण्ड अन्तरगत अन्नपूर्ण–३ र छिमेकी मुस्ताङको सिमानामा पर्ने बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

Leave a Reply