जिल्लामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ खिवाङकी ४१ बर्षिया यामकुमारी गर्बुजा र २६ बर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । राति सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते अवस्थामा भेटिएका दुवैजनालाई बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए ।

उनका अनुसार चट्याङले खिवाङकै ४५ बर्षिया चन्द्रदेबी तिलिजा र ३४ बर्षिया मनकुमारी पूर्जालाई समेत चोट लागेको छ भने निर्मला पूर्जाको पशुचौपाया मरेको छ । मृतकलाई आफन्तको जिम्मा लगाइएको छ । शनिबार राती नै चट्याङले रघुगंगा गाउँपालिका–३ आले भन्ने ठाउँमा खिमकुमारी मल्लको गालमा समान्य चोट लागेको छ भने एक घर चर्किएको छ ।यामकुमारी गर्बुजा

जिल्लाका अन्य विभिन्न स्थानमा हावाहुरीसँगै चट्याङले मानवीय क्षती नपुगेपनि सामान्य क्षती भएको छ । यसैबीच जिल्लाकै अति विकट गूर्जामा हिमपातले लघुजलविद्युतको पोलमा क्षती पुगेपछि विद्युत अवरुद्ध भएको छ । बर्षासँगै हावाहुरीले अन्नबालीमा ब्यापक क्षती पुगेको छ । चट्याङबाट जोगिने उपायका बारेमा जानकारी नहुदाँ ग्रामिण क्षेत्रमा जनधनको क्षती हुने गरेको छ ।

Leave a Reply