---Advertisement---

बेनीमा भूकम्पको धक्का महसुस

On: March 15, 2020 8:54 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार करिव ८ः४५ बजे धक्का महसुस गरिएका हो । भुकम्पको धकका महसुस गरेपछि बेनीबजारमा सर्वसाधारण बाहिर निस्किएका छन्। सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा करिव दुई सेकेन्ड धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले केन्द्रविन्दु सहित रेक्टरस्केलका बारेमा पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

भूकम्पको महसुस पर्वत, कास्की लगायतको क्षेत्रमा समेत गरिएकाले २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्पपछि गएका पराकम्पन वा नयाँ भन्ने बारेमा मापन केन्द्रले हेरेर जानकारी दिने जनाएको छ । भूकम्पको धक्का पश्चिम म्याग्दीको विकट बस्तीसम्म महसुस गरिएको छ। नेपालको पश्चिम क्षेत्रमा ५ सयबर्ष यता ठूलो भूकम्प नगएकाले जोखिममा मानिन्छ ।