कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्कलको भूकम्पको झट्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार राती ८ः४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बेनीअनलाइनलाई बताए ।

‘यो नयाँ भुकम्प हो,‘विगतका भूकम्पको पराकम्पन होईन्’ विकले भने। उनले भूकम्पको धक्का गण्डकी प्रदेश बाहेक काठमाण्डौ आसपासका साथै विभिन्न जिल्लामा महसुस गरिएको जानकारी दिए । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्पपछिको पराकम्पन नभएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नयाँ ठाउँमा भूकम्पको केन्द्रविन्दु मापन गरिएको बताए । भुकम्पको क्षतीका बारेमा जानकारी प्राप्त भएको छ । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण सडकमा निस्किएका थिए । नेपालको पश्चिम क्षेत्रमा ५ सयबर्ष यता ठूलो भूकम्प नगएकाले जोखिममा मानिन्छ ।

Leave a Reply