पश्चिम म्याग्दीको रातढुंगामा गएराती अज्ञात समुहले स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको छ । मालिका गाउँपालिका–६,रातढुंगामा बा १ क ७४४ नम्बरको क्याराबान कस्ट्रक्सनको जेसीभी र नम्बर नखुलेको स्काभेटरमा एकैपटक आगजनी भएको हो ।

बेनी दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माणमा प्रयोग भइरहेको हिरामणी थकालीको स्काभेटर र जेसीभी डोजरमा राती करिब १२ बजे आसपासको क्षेत्रमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीलका प्रहरी निरिक्षक धुब्र शर्माले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार घटनामा संलग्नको खोजीकार्य भइरहेको छ। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी (दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजनाअन्तगत क्याराबानले दरबाङको रातढुंगा आसपासका क्षेत्रमा सडक विस्तारको काम गरिरहेको अवस्थामा एक्कासी आगजनी भएपछि राती इलाका प्रहरी कार्यालय दरबाङको टोली घटनास्थलमै पुगेको थियो । फाइल तस्वीर हो । 

Leave a Reply