बेनी नगरपालिका–७, मुस्लिम सुकुम्बासी बस्तीकी मृगौला पीडित ४० बर्षिया जमिल बेगमलाई विभिन्न क्षेत्रबाट सहयोग आउन थालेको छ। दुवै मृगौला फेल भएको तीनमहिनासम्म नियमित डायलासिस गर्न आर्थिक क्षमता नभएपछि आयूर्वेदिक औषध सेवन गर्ने गरेको सम्बन्धी समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको हो । बेनीबजारको बिरेन्द्रचोकमा सानो ब्यवसाय गरेर बसेकी बेगमलाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले १० हजार, कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार, काठमाण्डौमा रहेका भिमसेन सपिङ सेन्टरका भिमसेन कुँवरले १० हजार, बागलुङ गलकोट निवासी भरत कुँवरले ५ हजार, बेनपा–७ मंगलाघाटका राम बहादुर खत्रीले २ हजार सहयोग गरेको पीडितका दाजु रहमद खाँले बताए ।

उनका अनुसार प्राप्त सहयोगले थप उपचारका लागि पोखरा पठाइएको बताए । बेगमको ब्लड प्रेसरले मृगौला खराव गरिदिएपछि आफन्तको सहयोगमा दुईपटकसम्म पोखरामा उपचारका लागि पुगेपनि आर्थिक अभावले उपचार रोकिएको अवस्थामा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको आफन्तले बताएका छन् ।श्रीमान, तीन छोरी र एक छोरालाई पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि बेगमले सञ्चारमाध्यमबाट सहयोगको याचना गरेकी थिईन् । मुस्लिम सेवा समाज म्याग्दीले समेत बेगमको उपचारमा सहयोग संकलनको तयारी गरेको छ ।

Leave a Reply