मृगौला पीडित निशा सुबेदीको मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएको छ। बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल बेनपा–८ क्याम्पसचोक हिलसाईड बस्ने सुबेदीलाई आमा फुलकुमारी सुबेदीको मृगौला म्याच भएपनि आवश्यक आर्थिक अभावमा समस्या भइरहेको भन्दै सहयोगको याचना गरिएको छ ।

टिचिङ शिक्षण काठमाण्डौले प्रत्यारोपणका लागी आवश्यक तयारी गर्न अनुरोध गरेपनि पैसा नहुदाँ रोकिएको सुबेदीले बताईन्।‘मलाई आमाले मृगौला दिनुभयो,‘आमाले मृगौला दिएपनि थप आवश्यक आर्थिकको अभावले समस्या भइरहेको छ’ सुबेदीले भनिन्।

उनले सोमबार डायलासिस गरेपछि मृगौला प्रत्यारोपणका लागि मिति लिने तयारी भइरहेको बताउँदै प्रत्यारोपणका लागी आवश्यक खर्चसँगै औषधी किन्ने पैसा समेत नभएको बताईन् । बेनी अस्पतालबाट रिफर साउन २ गते रिफर गरिएको २७ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो ।

लामो समयसम्म दैनिक ६ सय एमएल पिसाव भइरहेकाले अवस्थमा एक्कासी मृगौलाले काम गर्न छोडेपछि प्रत्यारोपणको प्रक्रिया सुरु भएको निशाकी आमा फुलकुमारीले बताईन्।‘छोरीका लागी मेरो कुनैपनि अंग दिन्छु,‘धर्तीमा पाइला टेकेपछि उसले कहिल्यै सुख पाइन्’फुलकुमारीले भनिन् ।

आफ्नो मृगौला छोरीलाई मिलेपछि उत्साहित भएको बताउँदै प्रत्यारोपण र औषधीका लागि आवश्यक पर्ने खर्च जुटाउन चिन्ता भएको बताईन् । सरकारले मृगौलाको डाइलोसिस निःशुल्क गर्ने व्यवस्था मिलाएपनि एकपटक डाइलोसिस गर्नको लागि ५ देखि ७ हजार रुपैया औषधीको लागि खर्च हुनुका साथै अन्य विभिन्न खर्च सहयोगबाट सम्भव भएको निसा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीले बताए।

‘उहाँका लागि अन्तिम सहयोग आवश्यक परेको छ,‘सानो–सानो सहयोगका लागि पुनः अभियान सञ्चालन गरेका छौ’ सुबेदीले भने । उनका अनुसार प्रत्यारोपण तथा औषधीका लागि करिव ७ लाख आवश्यक पर्ने बताए ।

डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरूमा गरिने उपचार भएकाले कृतिम रुपमा मृगौलाको काम गर्ने भएपनि प्रत्यारोपण पछि दैनिक काम तथा रोजगारका लागि समेत सहज हुने भएकाले सहयोग अभियान सुरु गरिएको संयोजक सुबेदीले बताए । उनका अनुसार अस्पतालको खर्च समेत तिर्न धौधौ भएको अवस्थामा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले प्रत्यारोपणसम्म पुगेको बताए ।

दोस्रो अभियानलाई सहयोग जुट्न थाल्यो
मृगौला पीडित सुबेदीको उपचारमा परोकपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोगी भूमिका खेल्ने भएको छ । सोमबार कोषमा भएको छलफलमा सुबेदीको उपचारमा अभियान सञ्चालन गर्नुपर्ने बताउँदै तत्काल कोषबाट २० हजार सहयोग गर्ने निर्णय भएको कोषले जनाएको छ।

सोही अवसरमा कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी ५ हजार, प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम ३ हजार, द्धितिय उपाध्यक्ष खम थापा मगर ३ हजार, सचिव लोकेश पुन मगर ५ हजार, कोषाध्यक्ष विनय श्रेष्ठ ३ हजार, सहसचिव प्रविण खत्री ५ हजार, आजिवन सदस्य दुर्गा बुढा २ हजार सहयोग संकलन भएको छ। उक्त सहयोग कोषका अध्यक्ष राजेश शाक्यले अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरेका छन् । यसअगाडी समेत कोषले निसाको उपचारमा २५ हजार सहयोग गरेको थियो।

Leave a Reply