म्याग्दीको सदरमुकाम बेनी न्यूरोडबाट बेपत्ता भएको सात महिना पुग्दा समेत एक यूवतीको अवस्था पत्ता अझै अज्ञात छ । स्थानीय शङ्कर रत्नकी १९ वर्षीया मनिषा रत्न परिया गएको भदौ १८ गते बेनीबजार बाटै बेपत्ता भएकी थिईन् । परियारको खोजीकार्यमा घर र माईती पक्षले आफ्नो–आफ्नो क्षेत्रबाट विभिन्न ठाउँमा खोजीकार्य गरेपनि पत्ता लाग्न सकेको छैन् ।

हरितालिका तीजका लागि माइतीमा गएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी परियार बेनी अस्पतालमा उपचारका लागी लैजाने तयारी भइरहेको अवस्थामा सोही दिन साँझ अन्दाजी साढे सात बजेदेखि सम्पर्कविहिन भएकी थिईन् ।

५ महिनाकी गर्भवती अवस्थामा आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरे पनि उनी अझै फेला पर्न नसकेको घर पक्षका धन परियारले बताए। ‘जहाँ भएपनि सम्पर्कमा आएदिए पुग्छ,‘ अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन्’ परियारले भने । उनले माइतीले घर पक्षलाई आरोप लगाए पनि बेपत्तामा परिवारको कुनै भूमिका नभएको बताए।

मनिषा माइतबाट आएकै दिन श्रीमान र सासु कामले बाहिर गएको मौक छोपी मोवाईल समेत घरमै छोडेर निस्किएको बताउँदै बेपत्ता परियार कालीगण्डकी र म्याग्दी नदीमा आफन्त पसेको शंकामा मालढुंगासम्म खोजी समेत गरेको उनले बताए ।

यता छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएको माईती पक्षको भनाई छ । घर फर्किएपछि आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमानले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको मनिषाकी आमा सिर्जनाले आरोप लगाईन्।

‘घरपक्षको लापरवाहीले छोरी बेपत्ता भएकी छन्,‘निस्पक्ष छानविन हुनुपर्छ’ सिर्जनाले प्रहरीमा दिएको जायरीमा उल्लेख छ । उनले घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप लगाएको प्रहरीले जनाएको छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेकी थिईन् ।

दशैंको फोटोमा शंका छः घरपक्ष
बेपत्ता परियारका केही तस्वीरहरु शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेका छन् । इमोमा हालिएको तस्वीर, बेपत्ता हुनुअगाडी किनिदिएको माला लगाएर दशैंमा खिचिएको तस्वीरलाई छानविनको घेरामा राख्न बेपत्ता परियारको घरपक्षले प्रशासनलाई अनुरोध गरेका छन् ।

भदौ ११ गते किनेर १२ गते लगाएको मालासहित गर्भवती जस्तै अवस्थामा देखिने तस्वीर असोज महिनामा सार्वजनिक भएको र जनवरी ३१ तारिक यूवतीको इमोमा श्रीमानसँगै तस्वीर राखेको केटा पक्षको आरोप छ , माइतीपक्षले बेपत्ता बनाएको आरोप लगाएसँगै मनिषाको श्रीमान र उनकी सासुलाई थप अनुसन्धानका लागि कारागार चलान गरिएपछि खोजीकार्य सुस्ताएको भन्दै खोजी कार्यमा तदारुकता देखाउन समेत अनुरोध गरेका छन् ।

महिला सञ्जालले दोषीलाई कारवाही हुनुपर्ने भएपनि बेपत्ता पछाडी सार्वजनिक भएका तस्वीरको सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताए ।
बेनी साप्ताहिक पत्रिकाबाट

Leave a Reply