एकाविहानै बंगुरलाई दाना लिन आएकी ५६ बर्षिया मनकुमारी किसानलाई बेनी नगरपालिका–७, बिरेन्द्रचोकको रोजिना होटलको आगनमै कुकुरले खुट्टामा टोकेर घाईते भईन् । हिजो आइतबार खुट्टामा टोकेर रगताम्मे भएकी मंगलाघाटकी किसानलाई तत्कालै बेनी अस्पतालमा पु¥याईयो । दुईवटा कुकुरले चिर्थोन खोजेपछि किसानले प्रतिकारको प्रयास समेत गरिन् ।

कुकुरको टोकाईले खुट्टामा गहिरो चोट लागेपछि छट्पटिरहेकी किसानलाई बेनी अस्पतालमा एन्टिरेबिज खोपसँगै टोकिएको खुट्टामा लगाउनुपर्ने इम्युनोग्लोबिनको सुईको अभाव भएपछि थप उपचारका लागि पोखरा पठाइयो । कुकुरको टोकाईबाट घाईते भएकी किसान एक प्रतिनिधिमुलक पात्र मात्रै हुन्। बेनीबजारको मुख्य प्रशासनीक क्षेत्र विरेन्द्रचोक आसपासमा रहेका आधा दर्जन भुस्याहा कुकुरको दैनिक आतंक मच्चाउने गरेका छन् ।

सडकमा आवतजावत गरिरहेका सर्वसाधारण देखि सवारीसाधनलाई समेत लखेट्दाँ गम्भीर दुर्घटनाको जोखिम बढेको बिरेन्द्रचोकबासीको भनाई छ । हालसम्म कुकुरले ३ जनालाई टोकेर घाईते बनाएको छ। ‘नगरपालिकाबाट पशुअधिकारको कुरा गर्छन्,‘यहाँ कुकुरको आतंकले दुर्घटनाको जोखिम बढेको छ’ होटलकी सञ्चालक सिर्जना भट्टचनले बताईन् ।

उनले बेनीबजारको अन्य चोकमा समेत कुकुरको आतंकले सर्वसाधारण आतंंकित भएको बताउँदै सम्बन्धि निकायले तत्काल नियन्त्रण नगरे स्थानीयले विकल्प खोज्ने बताईन् । बजार क्षेत्रमा थुप्रिएका कुकुरले दिउँसै टोक्न थालेपछि तत्काल भुस्याहा कुकुरको ब्यवस्थापन गर्न माग गरेका छन् ।

यता बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले रेबिज रोग लागेको जनावरले घाउ, चोटपटक लागेको छालामा चाटे वा ¥याल पर्न गए रोग सर्न सक्ने भन्दै तत्काल एन्टिरेबिज सुई लगाउनुपर्ने बताए । रात पर्नासाथ भुस्याहा कुकुरले टोक्ला कि भन्ने डर दिनको तुलनामा बढी हुने भएकाले जोखिनुपर्ने चिकित्सकको भनाई छ ।

File photo

Leave a Reply