बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल बेनपा–८ क्याम्पसचोक हिलसाईड बस्ने मृगौला पीडित निशा सुबेदीलाई अमेरिकाको न्यूर्योकमा बस्ने एक यूवाले ३० हजार नगद सहयोग गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँट निवासी दिनेश सुबेदीले ब्यक्तिगत रुपमा ३० हजार सहयोग सहयोग गदैं अमेरिकामा अभियान सुरु गरेका छन् ।

टिचिङ शिक्षण काठमाडौंले प्रत्यारोपणका लागि आवश्यक तयारी गर्न अनुरोध गरेपनि पैसा नहुँदा रोकिएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि सुबेदीले अमेरिकामा बस्ने म्याग्देलीहरुलाई सहयोगमा जुट्न समेत अनुरोध गरेका छन् । ‘जन्मदिन आमाले मृगौला दिने अवस्थामा थप पैसाले रोकिएको समाचारले भाबुक बनेको छु,‘सानो सहयोगले एउटा परिवारकै उद्धार हुन्छ’ सुबेदीले भने ।

सोमबार डायलासिस गरेपछि मृगौला प्रत्यारोपणका लागि मिति लिने तयारी भइरहेको बताउँदै प्रत्यारोपणका लागि आवश्यक खर्चसँगै औषधि किन्ने पैसा समेत नभएको पीडित निसााले बताईन् । उनले आफुँलाई जन्मदिने बुबाले बेवास्ता गरेपनि चरम गरिबीको भूमरीमा आमाले दुखकष्ट गरेर हुर्काएर पुनः मृगौला समेत दान गर्न लागेको भन्दै सानोसानो सहयोग गर्न अनुरोध गरेकी छन् । ‘मेरो बुबा नाम मात्रैको हुनुहुन्छ,‘उहाँले जन्मदिनुभयो र हुर्काउनुभएन्’ निसााले भनिन् । बेनी अस्पतालबाट साउन २ गते रिफर गरिएको २७ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

प्रसुतीकै क्रममा पिसावमा खरावी देखिएपछि अस्पतालबाटै पोखरा रिफर गरिएको सुबेदीको छोराको न्वारन समेत अस्पतालमै गरिएको थियो । यसैबीच निसाको उपचारमा प्रभु बैंकमा कार्यरत भावना रिजाल ५ हजार, त्यस्तै राजन बानियाँ २ हजार, जिल्ला अदालतका कार्यरत जगदिश सुबेदी २ हजार, स्वास्थ्यकर्मी अञ्जली शर्मा ३ हजार सहयोग गरेका छन् ।

 

Leave a Reply