अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीका १४ जना विद्यार्थीले एसइई परीक्षा दिन नपाउने

On: March 17, 2020 7:34 AM
Follow Us:

आगामी चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) मा १४ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । विभिन्न विद्यालयका छात्रा ९ जना र छात्र ५ जनाले एसइई दिन नपाउने जिल्ला शिक्षा विकास तथा समन्वय एकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताएका छन् ।

उनका अनुसार बेनी नगरपालिका, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका भित्रका १ निजी र १० सामुदायिक विद्यालयका विद्यार्थी रहेको बताए ।‘केही विद्यार्थी बैदेशिक रोजगारमा गएको पाइएको छ,‘केहीले विवाह गरेपछि पढाई छोडेको देखिएको छ’ एकाई प्रमुख थापाले भने ।उनका अनुसार सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्मका विद्यार्थीहरु रहेको बताए ।

विद्यालयले नियमित सत्तरी प्रतिशत हाजिरी नपुगेका, विवाह गरेपछि सम्पर्क विहिन, रोजगारीका लागि विदेश गएको कारण एकाईलाई जानकारी गराएको छ ।  म्याग्दी जिल्लाबाट २१ सय ९७ विद्यार्थी सहभागी हुनेमा छात्रा ११ सय १० र छात्र १ हजार ८७ जना रहेको छ ।

त्यस्तै ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना विद्यार्थी सहभागि हुने जनाइएको छ । जिल्लाका ९ वटा केन्द्रमा सञ्चालन हुने परीक्षालाई मर्यादित तथा ब्यवस्थित रुपमा सञ्चालन, अनुगमन तथा उत्तरपुस्तिकालाई सुरक्षित गर्न आवश्यक तयारी पुरा भएको छ । बेनी नगरपालिकामा ४ वटा केन्द्र र पाँचवटा गाउँपालिकामा एक–एक परीक्षा केन्द्र रहेको छ ।

यसैबीच केन्द्राध्यक्षको छनौटमा नेपाल शिक्षक संघ म्याग्दीलाई बेवास्ता गरिएको भन्दै संघले विज्ञप्तीमार्फत अहसमति जनाएको छ । विगतका बर्षमा सहमति र सहकार्यबाट केन्द्राध्यक्ष तोकेर परीक्षालाई मर्यादित बनाउने प्रयास गरिएकोमा यसपटक पेशागत संघसंस्थाको सहकार्य तोडिएको भन्दै संघका अध्यक्ष दुर्गाराम सुबेदी र सचिव गजेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गरेका छन्।