अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

दिवंगत गर्बुजा दम्पत्ती ४९ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा

On: March 17, 2020 7:13 PM
Follow Us:

ललितपुर जिल्लाको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको साउना (बाथरुम) मा नुहाउने क्रममा ज्यान गुमाएका हस्त गर्बुजा मगर र उनकी पत्नी नेत्रकुमारीको ४९ औं दिनको पुण्य तिथिमा नेपाल मगर संघ समन्वय समिति म्याग्दीले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । मगर संघ म्याग्दीका सदस्य रहेका हस्तबहादुरले मगर आन्दोलन, संस्थागत विकास लगायत विभिन्न क्षेत्रमा गरेको योगदान बारे चर्चा गरिएको थियो । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोला निवासी हस्त दम्पत्तीको दुःखद निधनले मगर मगर आन्दोलनमा अपूरणीय क्षती पुगेको बताउँदै सहयोगी भावना, संस्थागत विकासका लागि विभिन्न क्षेत्रमा खेलेको भूमिकाका साथै त्यागी व्यक्तित्व भएको संघकी अध्यक्ष डकमायाँ पाईजाले बताईन् । कार्यक्रममको अवसरमा मगर बौद्ध सेवा समाजले दिवंगत गर्बुजा दम्पत्तीको सम्झनामा १०८ दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा पदाधिकारी, मगर विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव खम थापा मगरले गरेका थिए ।