(हरिकृष्ण गौतम) रोजगारीका लागि भारतको दिल्लीमा पुगेका बेनी नगरपालिका–३, भकिम्ली राखुका गम बहादुर थापा मगरले आमा जालमतिको मृत्युको खवर सुनेर घर आए । चरम गरिबीकै कारण रोजगारको खोजीमा विदेशिएका गमबहादुर घरमा श्रीमति, दुई छोराछोरीको पालनपोषण, शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको अवस्थामा पुनः भारत फर्किए ।

समान्य कमाईले घरखर्च चलाइरहेको अवस्थामा केही महिनापछि छोरी विपनाले झुण्डिएर आत्महत्या गरेपछि विक्षिप्त अवस्थामा घर फर्किएका गम बहादुरको समेत गएको पुस महिनामा मृत्यु भयो । गरिबीकै कारण छोरीको चाहना पुरा गर्न नसकेपछि ११ बर्षको उमेरमा घरमै पासो लगाएर आत्महत्या गरेको खवरले एक्कासी सिकिस्त बिरामी भएका गमबहादुरको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । करिव डढे बर्षको अन्तरालमा एकै परिवारका तीन सदस्य गुमाउनुपर्दाको पीडाले रनिसराको अवस्था नाजुक छ । धन कमाउन भारत गएका श्रीमान घर फर्किएको करिव १५ दिनमै मृत्यु भएपछि विहान बेलुकी हातमुख जोड्न समेत मुस्किल भएको रनिसराले बताईन् ।

‘कमाउने मान्छे गएपछि एउटा छोरालाई पाल्ने अवस्था पनि छैन्,‘छोरालाई केही हुन्छ कि भन्ने चिन्ता छ’उनले भनिन् । श्रीमानले छोडेर गएको एउटा छोराको चिन्ताले सताइरहेको बताउँदै घरमा ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्न समेत नभएको बताईन् ।

जिर्ण खरको छाप्रोमा बस्दै आएकी रनिसराले छोरालाई शिक्षादिक्षा लगायत आवश्यक सहयोग भएमा श्रीमानले छोडेर गएको जिम्मेबारी पुरा गर्न सजिलो हुने बताईन्।‘कहिलेकाही संसार छोड्न मन लाग्छ,‘छोराको अनुहारले निर्णयलाई फेर्न बाध्य छु’ उनले भनिन्। गाउँमा आफन्त र छिमेकीको साहरामा बाचिरहेको बताईन् ।

सासु, छोरी र श्रीमानको मृत्युपछि किरिया खर्च समेत सहयोग जुटाएर गरेकी रनिसराको अवस्था नाजुक भएको स्थानीय डेकबहादुर घर्तीले बताए । ‘सधै रुँदै सहयोगको याचना गर्छिन्,‘श्रीमानको मृत्युपछि पालन पोषणको जिम्मा उनको काँधमा आयो’ घर्तीले भने ।

छोरालाई शैक्षिक साम्रगी, पोशाक लगायत आवश्यक खर्च जुटाउन नसक्नेमा विद्यालय पठाउन समेत मुस्किल भएको भन्दै बरंजा–भकिम्ली माईटी कुटुम्ब समाज काठमाण्डौले समेत सहयोगको पहल गर्ने समाजका अध्यक्ष कमल पुनले बताए ।

पीडितलाई खरको छानो विस्थापित गर्न बेनी नगरपालिकाले जस्तापाता दिएपनि घर भत्किने अवस्थामा रहेकाले मर्मतको आवश्यकता रहेको स्थानीयको भनाई छ ।

Leave a Reply