सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

 

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यसबर्ष म्याग्दीमा जिल्लाबाट २१ सय ९७ परीक्षार्थी सहभागी हुन लागेका थिए। परीक्षार्थीमा छात्रा ११ सय १०, छात्र १ हजार ८७ जना र ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना रहेका थिए । जिल्लाका ९ वटा केन्द्रमा सञ्चालन हुने परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । बेनी नगरपालिकामा ४ वटा केन्द्र र पाँचवटा गाउँपालिकामा एक–एक परीक्षा केन्द्र रहेको छ ।

Leave a Reply