धवलागिरी गाउँपालिका–१, गूर्जामा अवस्थित जनकल्याण माविकी सिता छन्त्याल करिव सात घण्टा पैदलयात्रा हिडेर परीक्षाको केन्द्रमा आईपुगिन् । गाउँबाट साथीहरुसँग हतार–हतारमा ज्ञान देवी विक, लजिम छन्त्याल लगायतका विद्यार्थीले जंगलमा हिउँलाई काट्दै ट्याक बनाएर परीक्षा दिन आएको विद्यालयका प्रधानाध्यापक रुपेश सुबेदीले बताए ।

उनले विद्यार्थीले बाटोमा जोखिम खेप्नुपरेको बताए । लुलाङ र गुर्जाको सिमानामा पर्ने देउराली लगायत आसपासका जंगलमा हिउँ जमेर हिँड्न नसक्ने भएपछि पन्छाउँदै जोखिम मोलेर सिवाङ आइपुगेका विद्यार्थीले परीक्षा स्थगित खवर पाएपछि निराश भएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बेनीअनलाइनलाई बताए । ‘विद्यार्थीले अनावश्यक दुख पाए,‘अन्यौलमा परिएको छ’ उनले भने ।

हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनविद्यालयका २३ विद्यार्थी र शिक्षकसहित पुगिसकेको जानकारी पाएको केही समयमै स्थगित भएको खवर आएको वडा अध्यक्ष छन्त्यालले बताए ।

गूर्जा म्याग्दी जिल्लाकै अति विकट बस्ती हो । म्याग्दीमा यसबर्ष २१ सय ९७ विद्यार्थी परीक्षामा सहभागी हुने तयारीमा थिए । जसमा छात्रा ११ सय १० र छात्र १ हजार ८७ जना रहेको थिए भने ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना रहेको जनाइएको छ । तस्वीर रासस

Leave a Reply