धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।

बिशेष परिस्थितिका रुपमा लिएर सरकारले अन्तिम अवस्थामा एसईइ परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।टाढा–टाढाका विद्यालयबाट एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुको राहतका लागि धवलागिरी गाउपालिकाले सहयोग गर्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

धवलागिरी गाउपालिकाको ९ वटा विद्यालयका विद्यार्थीका लागि हेम मावि शिवाङमा परिक्षा केन्द्र कायम भएको थियो । हेम माविका विद्यार्थीका लागि भने जनप्रिय मावि दरवाङमा केन्द्र तोकिएको छ।

घरबाटै परिक्षामा सहभागि हुने ताकम मावि बाहेकका विद्यालयका विद्यार्थीको खाजा, खानाका लागि गाउपालिकाले दश÷दश हजार रुपैयाँ विद्यालयलाई उपलब्ध गराउने अध्यक्ष पुनले जानकारी दिनुभयो।

जंगल, भिरको हिउँको पहाड छिचोलेर पुरै दिन पैदल हिडेर खिवाङ आइपुगेका विकट गुर्जाको जनकल्याण माविका विद्यार्थीहरुका लागि एक दिन शिवाङमा विश्राम गर्न, आउन र फर्कदा सादा खानामा हुने खर्च गाउपालिकाले ब्यहोर्ने भएको छ । गुर्जाका बिरामी भएमा सामान्य उपचार खर्चको समेत व्यवस्था गरिने भएको छ ।

संघीय सरकारले स्वास्थ्यको संवेदनशिलतालाई ध्यानमा राखेर गरेको निर्णयले मर्कामा परेका विद्यार्थीहरुलाई केही भएपनि राहत मिलोस भनेर गाउपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, कार्यपालिका सदस्य, शिक्षा र लेखा शाखाका कर्मचारीहरुसंग परामर्श गरेर आकस्मिक रुपमा निर्णय गरिएको हो । File photo

Leave a Reply