---Advertisement---

मुदीको खाम्लामा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

On: March 18, 2020 10:03 PM
Follow Us:

भौगोलिक रुपमा विकट म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्लामा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ। केन्द्रिय विद्युत प्रशारण लाइन (विद्युतीकरण) विस्तारलाई तिब्रता दिएको गाउँपालिकाले मुदी र खाम्ला गाउँमा आवश्यक पर्ने दुईवटा ट्रान्सफर्मर सिम्रिक एयरको हेलिकप्टरबाट ढुवानी गरेको हो ।

दुई बर्षभित्र उज्यालो गाउँपालिका घोषणा गर्ने गरी विद्युतीकरणमा जुटेको गाउँपालिकाले सडक सञ्जालको पहुँचमा नभएको मुदी र खाम्लामा १ सय केभी क्षमता भएको दुई वटा ट्रान्सफर्मर    हेलिकप्टरबाट ढुवानी गरेको गाउँपालिका उपाध्यक्ष रमेश छन्त्यालले बताउनुभयो ।

हेलिकप्टरबाट ढुवानीका लागी गाउँपालिकाले विनियोजन गरेको ५ लाख बजेट विनियोजन गरेको थियो। उपाध्यक्ष छन्त्यालसँगै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजाले समेत पुग्नुभएको थियो ।
विद्युतीकरणको तयारीमा रहेको मुदीमा २ सय ५५ घरधुरी र खाम्लामा ६५ घरधुरी रहेका छन् ।मुदीको बगर, नाउरा, चेचुङ, खिवाङ, सिम्कोस जिल्लाकै अति विकट बस्तीहरूमा पर्छन्।

यस अगाडी मुदीको बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । गाउाँपालिका भित्र १० प्रतिशतमा सोलार, ४० प्रतिशत लघुजलविद्युत र बाँकी ५० प्रतिशत जनतालाई केन्द्रित विद्युत पु¥याउने लक्ष्य रहेको छ ।