sf7df8f}F, @ r}tM ;]lg6fOh/ agfpg] tl/sf l;sfpFb} cg'';Gwfgstf{ u''Ktf g]kfn lj1fg tyf k|ljlw k|1f k|lti7fg -gfi6_ / nlntk'/ dxfgu/kflnsfsf] ;+o'Qm cfof]hgfdf nlntk'/sf] v'dn6f/df xft w''g k|of]u ul/g] ;]lg6fOh/ agfpg] tl/sf l;sfpFb} gfi6 cg'';Gwfgstf{ Crf{s''df/L u''Ktf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

हात धुनु भनेको तपाईको हातलाई सफा तथा किटाणु रहित राख्ने एउटा राम्रो तरिका हो । तर कहिलेकाँही तपाईंसँग साबुन पानी नहुन सकिन्छ । त्यो समयमा ह्यान्ड स्यानिटाइजरले किटाणुलाई मार्न सक्छ ।

यतिबेला विश्वमा कोराना भाइरसको कारणले बजारमा स्यानिटाइजरको अभाव भइरहेको छ । चिनको वुहान सहरबाट सुरु भएको यो रोग अहिले प्राय देशमा पुगिसकेको छ । बजारमा स्यानिटाइजर अभाव भइरहेको बेला हामी आफैले किन नबनाउने स्यानिटाइजर ?

हामी कसरी आफै स्यानिटाइजर बनाउने भन्ने विषयमा केही तरिकाहरु दिदै छौं । सामाग्रीहरु जम्मा गर्नुहोस –रक्सीमा आधारित ह्यान्ड स्यानिटाइजर बनाउनको लागि तलका निम्म साम्राग्रीहरु जम्मा गर्नुहोस ।

१. भोड्का वा ९९% रबिङ रक्सी
२. एलोवेरा जेल
३. आवश्यक तेल (जस्तै लेभेन्डर, पेपरमिन्ट, दालचिनी)
४. फनेल
५. चम्चा
६. मिक्स गर्नको लागि कचौरा
७. स्टोर गर्नका लागि प्लास्टिक कन्टेनर

रक्सी र एलोवेरालाई मिसाउने – तपाईंको मिसाउने  कचौरामा तीनभागको दुईभाग रक्सी र तीनभागको एकभाग शुद्ध एलोवेरा जेल मिसाउने र चिल्लो नहुनजेलसम्म चम्चाको मद्दतले मिलाउने । यति गरेपछि उत्पादन तपाईंलाई कतिको मोटो चाहिन्छ त्यो हजुरमा निर्भर रहन्छ । फेरी तपाईले एलोवेरा जेल एक चम्चा थप्नु भयो भने मिश्रण गाढा हुनेछ । यदि तपाईले बढी रक्सी थप्नु भयो भने यो पातलो हुनेछ ।

आवश्यक तेल राख्ने – यति भएपछि तपाईले छानेको तेलको ८/१० थोपा तेल राख्ने । त्यसपछि प्रत्येक पटक एक थोपा राख्दा चलाउनुहोस । आठ थोपा राखिसकेपछि स्यानिटाइजरको गन्ध कस्तो आउँछ ?यदि तपाईंलाई बलियो गन्ध चाहानुहुन्छ भने फेरी केही थोपा थप्नुहोस ।

मिश्रण कन्टेनरमा राख्नुहोस – फनेललाई कन्टरनरको माथि राखेर कन्टेनर नभरिएसम्म तरलमा   राख्नुहोस । त्यसपछि साना साना बोटलहरुमा राख्नुहोस जसले गर्दा तपाईजहाँ जाँदा पनि लिन सहज हुन्छ । भने आवश्यक नभएको स्यानिटाइजर जारमा जम्मा गरेर प्रयोग गर्न सक्नुहुनेछ ।

Leave a Reply